Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 14 March 2012

फेसबुकविरुद्ध याहूले मुद्धा हाल्यो

इन्टरनेट सर्च इन्जिन याहूले सामाजिक सञ्जाल फेसबुकविरुद्ध बौद्धिक सम्पत्ति चोरीमा मुद्धा दायर गरेको छ । फेसबुकले वेभमा विज्ञापन दिने प्रणाली तथा तरिकासहितका आफ्ना १० प्याट्रन चोरी गरेको याहूको दावी छ । फेसबुलको आईपीओ अर्थात प्रारम्भीक पब्लिक इश्यू यस बर्ष बजारमा आउँदैछ । प्याट्रनसम्वन्धी मुद्धा स्मार्टफोन बनाउने कम्पनीहरुबीचमा मात्र हुँदखै आएको थियो । तर, अब दुई ठूला टोक्नोलोजीसम्वन्धी कम्पनीबीच यस्तो विवाद सुरु भएको छ । फेसबुकले भने याहूले अदालतबाहिरबाटै समस्या समाधानको कुनै प्रयास नगरेको बताएको छ । उसले आफूसँग लामोसमय सहकार्य गरेको याहूको कदमलाई आश्चर्यजनक भनेको छ । यसअघि याहूले अर्को इन्टरनेट सर्च इन्जिन गुगलविरुद्ध प्रारम्भीक पब्लिक इश्यू आउनु अघि उसविरुद्ध मुद्धा चलाएको थियो । विवादको जड प्याट्रन नै रहेको थियो । पछि गुगलले याहूलाई आफ्नो २७ लाख शेयर दिएर विवाद सल्टाएको थियो । धेरैले याहूको पछिल्लो कदमलाई फेसबुकबाट पनि गुगुलबाट जस्तै पैसा असुल्ने प्रयास भनेको छ ।

No comments:

Post a Comment