Main Option : Watch live cricket,football,FM,T.V and download music

Sunday 7 October 2012

अष्ट्रेलियाले झण्डै १० हजार बिदेशी बिद्यार्थीको भिषा रद्द गर्‍यो

अष्ट्रेलियाको आप्रवासन मन्त्रालयले गएको वर्ष झण्डै १० हजार विदेशी विद्यार्थीको भिषा रद्द गरेको छ । विद्यार्थी भिषा रद्द भएसँगै धेरै विद्यार्थीहरुले आफ्नो पढाइ बिचमै छाडेर आ-आफ्नो मुलुक र्फकनुपरेको छ ।
आर्थिक वर्ष २०११/१२ मा कक्षामा उपस्थिति तथा अध्ययनको स्तरका आधारमा न्युनतम मापदण्ड पूरा गर्न नसकेका २ हजार २ सय १९ जना विदेशी विद्यार्थीको विद्यार्थी भिषा रद्द गरिएको अष्ट्रेलियाबाट प्रकाशित कम्युनिटी न्यूज पोर्टल ले जनाएको छ । त्यस्तै खराब आचरण भएको भन्दै २ जना तथा गलत वा फर्जी कागजात पेश गरेको कारण देखाउँदै १५ जना विदेशी विद्यार्थीको भिषा रद्द गरिएको छ ।
बिद्यार्थी बनेर अष्ट्रेलिया आइपुगेका नक्कली विद्यार्थीहरुको समेत रद्द गरिएको मन्त्रालयका प्रवक्ताको भनाइ छ । नक्कली विद्यार्थी, भिषा नियम उल्लंघन गरेका तथा स्वेच्छाले भिषा रद्द गर्न लगाएका गरी थप ३ हजार १ सय ७ जना विदेशी युवाको पनि विद्यार्थी भिषा रद्द भएको छ । तथ्यांक अनुसार यो वर्ष अगष्टसम्ममा अस्ट्रेलियामा पूरै शुल्क तिर्ने गरी विद्यार्थी भिषामा ४ लाख ६१ हजार ४ सय ७७ जना विदेशी विद्यार्थी भित्रिएर विभिन्न कलेज विश्वविद्यालय, तथा माध्यामिक तहमा भर्ना भएका छन् । यो संख्यो अघिल्लो वर्षको तुलनामा ७.६ प्रतिशत कम हो ।
विदेशी विद्यार्थीहरुले गर्ने खर्चले अस्ट्रेलियाली अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेको छ । आर्थिक वर्ष सन् २०१०।११ मा विदेशी विद्यार्थीमार्फत अस्टेलियाली अर्थतन्त्रमा १६ अर्ब ३० करोड अमेरिकी डलर भित्रिएको थियो । अस्ट्रेलियामा अध्ययन गर्न जाने विदेशी विद्यार्थीबाट केवल आर्थिक लाभ मात्र नभएर सामाजिक तथा सांस्कृतिक सम्बन्ध विस्तारमा सघाउ पुग्ने र त्यसले अस्टेलियाली जीवनस्तर तथा अध्ययन संस्कृतिमै सकारात्मक प्रभाव छाड्ने विज्ञहरु बताउँछन् ।
एसियाका चीन र मलेसिया लगायतका देशमा बढेको उच्च शिक्षाको स्तरका कारण अस्ट्रेलियाली विश्वविद्यालयहरुले गुणस्तरीय विद्यार्थी आकषिर्त गर्न आगामी दिनमा कडा प्रतिस्पर्धा गर्नु पर्ने बताइन्छ । चीनले शैक्षिक पूर्वाधारको विकाशमा गरेको ठूलो लगानीका कारण अहिले चीनमा पढ्न जाने विदेशी विद्यार्थीको संख्या चुलिएको छ । तथ्यांकअनुसार चीनबाट बाहिर पढ्न जाने र बाहिरी देशबाट चीनमा पढ्न आउने विद्यार्थीको संख्या बराबर छ ।

No comments:

Post a Comment