Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 9 March 2013

धनीको सूचिमा डा. महतो किन परेनन-सन् 2013 मा

    फब्र्सको अर्वपती सूचीमा विनोद चौधरी र परिवार पहिलोपटक एक अर्ब डलर(८८ अर्ब रुपैयाँ)को सम्पत्तीसहित परेका छन्, के नेपालमा चौधरी मात्रै अर्ब डलरका मालिक हुन् ?
तथ्यांक र सूचनालाई केलाउने हो भने अर्वपतीको सूचीमा गैरआवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो पनि पर्छन् । चौधरीले सिंगापुरलाई केन्द्रविन्दु बनाएर भारत, श्रीलंका, मालदिभ्स, मलेसिया, दुवई, अमेरिका, अफ्रिकामा लगानी विस्तार गरे झैं महतोको लगानी पनि बेलारुसलाई केन्द्रविन्दु बनाएर रुस, युरोप, अफ्रिका, एशिया र नेपालसम्म लगानी विस्तार गरेका छन् ।
महतो नेपालको दोस्रो ठूलो कर तिर्ने र नेपालमा सबैभन्दा बढी मुनाफा गर्ने कम्पनी एनसेलका २० प्रतिशतका साझेदार हुन् । एनसेलमा अहिलेसम्म झण्डै ५० अर्ब रुपैयाँको लगानी भैसकेको छ । कम्पनीले सन् २०१२ मा ३६ अर्ब रुपैयाँको कारोवार गरेको थियो ।
त्यसबाहेक महतोको बेलारुसमा ठूलो लगानी छ, उनले सिन्थेसिस विकास इन्भेष्टमेन्ट कम्पनी र बिएनके होल्डिङ्गसबाट ज्वाइन्ट स्टक कम्पनी(जेएससी) एम्काडोरमा लगानी गरेका छन् । एम्काडोर बेलारुसमा सबैभन्दा बढी रोजगारी दिने, सबैभन्दा बढी रकमको कारोवार गर्ने कम्पनी हो । यो कम्पनीले सन् २०११ मा मात्रै २६ अर्ब डलरको कारोवार गरेको थियो । यो कम्पनीमा उपेन्द्र महतो एक्लैको ६० प्रतिशत सेयर लगानी छ ।
डोजर, क्रेनजस्ता ८० मोडलका हेभी इक्युपमेन्ट उत्पादन गर्ने कम्पनी एम्कोडरका बेलारुसलगायत रुस र युरोपमा गरी १६ वटा ठूला÷ठूला प्लान्ट छन्, यो कम्पनीका उत्पादन ३० देशमा विक्री हुन्छन्, कम्पनीमा सात हजार कर्मचारीले काम गर्छन् ।
यसबाहेक रुसमा उपेन्द्रले एमटिजेड (मस्को टेलिभिजन प्लान्ट) रुविनमा लगानी गरेका छन्, यो रुसको सबैभन्दा पुरानो टेलिभिजन सेट उत्पादन गर्ने कम्पनी हो । त्यसबाहेक रियलस्टेट कम्पनी रुविनमा पनि उपेन्द्र महतोको लगानी छ । रुविनले मस्कोमा ‘बिजनेस सेन्टर रुविन’ निर्माण गरेको छ, रेस्टुरेन्ट, सम्मेलन केन्द्र, व्यापारिक स्थल भएको यो सेन्टर मस्कोको व्यापारिक केन्द्र पनि हो । त्यसैगरी, बुहउद्देश्यीय व्यापारिक कम्प्लेक्स फिलीओनमा पनि रुविनको स्वामित्व छ । तीन दशमलव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको यो कम्प्लेक्समा चारतले सपिङ मल, रेस्टुरेन्ट, मनोरञ्जन हललगायत १५ सय गाडी अट्ने पार्किङ सुविधा छ ।
रुविनको स्वामित्वमा होटल एन्ड बिजनेस सेन्टर पनि निर्माणधिन छ, यो सेन्टरमा २५ तला, १३ तला र ६ तलाको तीन होटल रहनेछ भने तीनतले भूमिगत पार्किङ पनि हुनेछ । त्यस्तै रुविनको स्वामित्वमा मस्कोमै ‘वेस्ट साइड’ र ‘इजोमरुद’ नाम गरेका दुइटा आवासीय कम्प्लेक्स पनि छन् । २४ तलाको वेस्ट साइड आवासीय कम्प्लेक्समा २ सय १९ अपार्टमेन्ट छन् भने इजोमरुदमा एक सय अपार्टमेन्ट छन् । रुविनस“ग मस्कोको ‘टिसी गोर्वुस्किन द्भोर’ सपिङ मलको स्वामित्व पनि छ । युरोपको सम्भवत सबैभन्दा ठूलो विद्युतीय तथा घरायसी सामग्री बिक्री गर्ने यो मलमा ६० हजार स्क्वायर मिटरको क्षेत्रफल छ । यो मलमा महिनामा १५ देखि २० लाख उपभोक्ता पुग्ने गर्छन् । महतो परिवारले बेलारुसमा सात सय सैयाको क्राभिरा अस्पताल पनि सञ्चालन गर्छ । क्राभिराले बेलारुसमा औषधि उत्पादन तथा बजारीकरणका लागि पनि काम गर्न खोजिरहेको छ ।
यसैगरी, उपेन्द्रको लगानी बेलारुसको सबैभन्दा ठूलो बैंक अल्फा बैंकमा पनि छ । त्यसबाहेक उपेन्द्रको लगानी पेट्रोलियम पदार्थ उत्खनन तथा बिक्री गर्ने कम्पनीमा पनि छ । उपेन्द्रसँग साइप्रसको टाइमटर्न होल्डिङ्गस् कम्पनी छ, यही कम्पनीले कम्बोडियामा लाटेलज, बुरुण्डीमा लासेल सु, सेरालिओनमा इन्टरग्रुप टेलिकम, तान्जानियामा बेनसन इन्फोम्याटिकस, युगाण्डामा स्योर टेलिकम र कंगोमा योज्मा टाइमटर्न एसपिआर कम्पनी चलाइरहेका छ । नेपालमा पनि एनसेल मात्र होइन, सानिमा बैंक, माछापुच्छ्रे बैंक, सानिमा हाइड्रो लगायतका दर्जनौं परियोजनामा उपेन्द्रको लगानी छ ।
किन परेनन् उपेन्द्र
फब्र्सको विलिनियर लिस्टमा प्रवेश गर्न दुईवटा बाटा छन्, एउटा हो, उनीहरुको रडारमा पर्नु, दोस्रो हो, मसँग यति सम्पत्ती छ भनेर विवरण बुझाउनु । चौधरीले फब्र्सको सूचीमा पर्नका लागि मसँग एक अर्ब डलरको सम्पत्ती छ भन्ने विवरण बुझाएका थिए, जुन विषयलाई उनले मंगलवार विभिन्न पत्रिकालाई दिएको अन्र्तवार्तामा पनि समावेश छ । चौधरीजस्तै सन् १९९९ को सूचीमा पर्न साउदी अरवका राजकुमार अलवादिन विन तलालले पनि विवरण बुझाएका थिए । फब्र्सलाई चुनौती दिंदै पत्र लेखेपछि यो तथ्यालाई फब्र्सले मंगलवार सार्वजनिक गरेको थियो ।
उपेन्द्रले कहिल्यै पनि आफूसँगको सम्पत्तीका विषयमा खुलेर कुरा गर्दैनन्, दुई वर्ष अघिको एउटा अन्र्तवार्तामा तपाईंसँग कति छ सम्पत्ती भन्ने प्रश्नमा उनी खुलेनन्, उनले मुस्काउ“दै भन्न थाले, ‘सबैभन्दा धनी भनिएपछि सम्पत्तिका बारेमा चासो राखिनु स्वाभाविक हो । तर, एउटा उद्यमीको सम्पत्ति ऊस“ग भएको नगद होइन, उसको लगानीको बजार मूल्य हो, म आफ्नो सम्पत्ति यतिउति छ भन्न चाहन्न“ । तर, राम्रै अवस्थामा छु, धेरै धनी हुने इच्छा छैन, तर मनले निक्कै धनी छु ।’ उपेन्द्रले अर्वपतीको सूचीमा आउनका लागि अहिलेसम्म आफ्नो लगानी, प्रतिफल र ऋणको विवरण फब्र्सलाई बुझाएका छैनन्, फब्र्सको सूचीमा पर्ने दोस्रो बाटो अन्र्तगत उनी अहिलेसम्म फब्र्सको रडारमा पनि परेका छैनन् । यही कारण उनी फब्र्सको सूचीमा छैनन् ।
चौधरलाई किन चाहियो फब्र्स
विनोद चौधरी एकातर्फ गुलेली हान्छन्, दोस्रोतर्फ सिकार हुन्छ । उनले यही रणनीति अनुसार फब्र्समा आफ्नो नाम राख्न लगाएका हुन् । फब्र्सको सुचीमा नाम आएपछि नक्कली भ्याट विलको दागलाई मेटाउन सहज हुनेछ, अन्तराष्ट्रिय व्यापार विस्तारका लागि बाटो खुल्नेछ । तर सूचीमा आउनु व्यवसायिकभन्दा पारिवारिक कारण प्रमुख रहेको स्रोतको दावी छ ।
अरु पनि सम्भावित छन्
प्रभाकर राणासँग पनि कम सम्पत्ती छैन्, ४५ मेगावाटको विद्युत उत्पादन गर्ने भोटेकोसी राणाको कम्पनी हो । पान्डा इनर्जीसँग ७५ प्रतिशत सेयर किनेर आफ्नो स्वामित्वमा लिएको भोटेकोसीले मात्रै प्रभाकर परिवारलाई वर्षमा अर्ब रुपैयाँभन्दा बढीको लाभांस दिन्छ । भोटेकोसीको प्रवद्र्धक हिमाल इन्टरनेटशनल इनर्जी, हिमाल इन्टनरेशनल पावर कर्पोरेशन र तारा फण्ड राणाका कम्पनी हुन् । देशको सबैभन्दा ठूलो कारोवार गर्ने निजी क्षेत्रको कम्पनी सिप्रदी टे«डिङ्ग राणाकै कम्पनी हो भने वार्षिक सात अर्बभन्दा बढी राजस्व बुझाउने सूर्य नेपालमा पनि राणाको २० प्रतिशतभन्दा बढी सेयर हिस्सा छ, उनीसँग अमरावती इन्टरनेशनल, अमरावती ट्राभल्स, मर्यस्क नेपाल, सूर्य फण्ड प्रा.लीको पनि सेयर छ ।

No comments:

Post a Comment