अष्ट्रेलिया, वैशाख १९ - अष्ट्रेलियाको क्विन्स्ल्यान्डमा बसोबास गर्ने नेपालीहरुले यहाँ स्थित राज्य सरकारलाई ११,१५६ अष्ट्रेलियन डलर सहयोग स्वरुप प्रदान गरेका छन् ।
हालै आएको विनासकारी बाढी र आँधी प्रभावितहरुको राहत र पुनःनिर्माणका लागि क्विन्स्ल्यान्ड सरकारले गरेको आव्हान बमोजिम पि्रमियर डिजास्टर रिलिफ अपिल फण्डका लागि उक्त सहयोग रकम प्रदान गरिएको हो । रकम नेपलिज एशोसिएशन अफ क्विन्स्लयान्डको सक्रियतामा संकलन गरिएको थियो ।
नेपाली नयाँ वर्ष २०६८ को अवसरमा नेपलिज एसोसिएशन अफ क्विन्स्लयान्डदारा हालै बि्रस्बेनमा आयोजित भब्य समारोहकावीच क्विन्स्ल्यान्ड सरकारका प्रमुख पि्रमियर अन्ना ब्लाईका प्रतिनिधि ट्रेड तथा मल्टिकल्चरल मामिला सम्बन्धी संसदीय सचिव माईकल चोयलाई एशोसिएशनका अध्यक्ष डा. नारायण पोखरेलले सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।उक्त अवसरमा चोयले नेपाली समुदायबाट प्राप्त यो सहयोगलाई क्विन्स्ल्याण्ड सरकारले उच्च महत्वका साथ हेरेको बताउँदै अष्टे्रलियामा नेपाली कला संस्कृतीको सम्वर्द्धन र बहुसांस्कृतिक परम्परालाई टेवा पुर्याउन नेपाली समुदायले खेलेको भूमिकाको प्रसंशा गरे ।
एसोसिएशनका अध्यक्ष पोखरेलले विपतमा परेका क्विन्स्ल्याण्डवासीहरुको दुःखमा साथ दिन नेपाली समुदायबाट यो सहयोग प्रदान गरिएको बताए । उनले यो सहयोगबाट अष्ट्रेलियामा नेपाली समुदायको शीर ठाडो भएको प्रतिक्रिया समेत दिए ।
कार्यक्रममा नेपालबाट आएका युवा गायकहरु राजु लामा, धर्मेन्द्र सेवान र दिव्य सुब्बा लगायत स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । क्विन्स्ल्याण्डमा सन् २०११ को सुरुवातमै आएको बाढी र आँधी बाट करीव ३५ जनाले ज्यान गुमाउनुका साथै अरबौं डलरको भौतिक क्षती र हजारौं मानिसहरु घरबार विहिन भएका थिए ।

नेपाली नयाँ वर्ष २०६८ को अवसरमा नेपलिज एसोसिएशन अफ क्विन्स्लयान्डदारा हालै बि्रस्बेनमा आयोजित भब्य समारोहकावीच क्विन्स्ल्यान्ड सरकारका प्रमुख पि्रमियर अन्ना ब्लाईका प्रतिनिधि ट्रेड तथा मल्टिकल्चरल मामिला सम्बन्धी संसदीय सचिव माईकल चोयलाई एशोसिएशनका अध्यक्ष डा. नारायण पोखरेलले सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।
एसोसिएशनका अध्यक्ष पोखरेलले विपतमा परेका क्विन्स्ल्याण्डवासीहरुको दुःखमा साथ दिन नेपाली समुदायबाट यो सहयोग प्रदान गरिएको बताए । उनले यो सहयोगबाट अष्ट्रेलियामा नेपाली समुदायको शीर ठाडो भएको प्रतिक्रिया समेत दिए ।
कार्यक्रममा नेपालबाट आएका युवा गायकहरु राजु लामा, धर्मेन्द्र सेवान र दिव्य सुब्बा लगायत स्थानीय कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । क्विन्स्ल्याण्डमा सन् २०११ को सुरुवातमै आएको बाढी र आँधी बाट करीव ३५ जनाले ज्यान गुमाउनुका साथै अरबौं डलरको भौतिक क्षती र हजारौं मानिसहरु घरबार विहिन भएका थिए ।
No comments:
Post a Comment