बिजय थापा , १४ असार ।
गुडिरहेको बसमा भिरबाट झरेको ढुङ्गा लागेर नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको चण्डीभन्ज्याङमा पाँचकिलोमा आज बिहान एक यात्रुको मृत्यु भएको छ।
त्यस्तै ढुङ्गाले लागेर बसमा यात्रा गरिरहेका अन्य तीनजना घाइते भएका छन् ।
ढुङ्गाले लागेर मृत्यु हुनेमा सिरहा खकर्नीका ३० वर्षीय सन्तु सफी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
घाइतेहरुमा सप्तरीका ३५ वर्षीय शिवनारायण राम, राजकुमार यादव र सिरहाका सुनिल दास रहेको र घाइतेहरुको भरतपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेका प्रहरीले जानकारी दिएको छ ।
बिहान पौने चार बजेतिर सप्तरीको राजविराजबाट काठमाडौँ आउँदै गरेको ना४ख ५०५१ नम्बरको गुडिरहेको बसमा भिरबाट झरेको ढुङ्गा भित्रै पसेको हो ।
बसमा करिब १० टनको ढुंगा खसेको र ढुङ्गा अझै पनि बसभित्रै रहेको प्रहरीले जनाएको छ ।
पहिरोका कारण बिहान २ बजेदेखि अबरुद्ध भएको सडक बिहान ५ बजेबाट एकतर्फी रुपमा सन्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
घटनापछि बस चालक भने फरार छन् ।
सडक दुईतर्फी सन्चालनमा ल्याउने प्रयास जारी रहेको समेत प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment