Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 16 July 2011

विदेशबाट टिभी ल्याउँदा कति पैसा तिर्नुपर्ने ?

सरकारले शुक्रबार सार्वजनिक गरेको बजेटमा विदेशमा बस्ने नेपालीले देशमा ल्याउने टेलिभिजनमा कर कम गरिएको बताएको छ। अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट भाषण गर्दा भने- “वैदेशिक रोजगारबाट फर्केका नेपाली यात्रुहरुले विदेशबाट आउँदा ल्याउने एल.सी.डी., प्लाज्मा वा एल.ई.डी. टेलिभिजनमा समदरमा लाग्ने हालको महसुल दर घटाएको छु।”

त्यसो भए कस्तो टिभी ल्याउँदा कति रकम तिर्नुपर्ने रहेछ त भन्ने सम्बन्धमा धेरैको चासो भएको हुनसक्छ। आउनुस् हेरौँ यस सम्बन्धमा आर्थिक विधेयकले के व्यवस्था गरेको छ त ? थाहा पाउन भित्र आउनुस्-


सम्वत २०६५ साल कात्तिक १ गते नेपाल राजपत्रमा प्रकाशित निजी गुण्टा झिटी भारी सम्बन्धी सूचनाको दफा १ को उपदफा (२) बमोजिम नेपाली यात्रुहरुले ल्याउने
एल.सी.डी., प्लाज्मा वा एल. ई.डी. टेलिभिजनमा भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर नलगाई देहाय बमोजिमको एकमुष्ट रकम भन्सार महसुल बापत असुल गरिनेछः—

मानौँ तपाईँले ३२ इञ्चको टिभी ल्याउनु भयो। तपाईँ विदेशमा बसी फर्केको छ महिनामात्रै भएको छ भने तपाईँले प्रति इञ्च ५ सय रुपैयाँ अर्थात् ३२x५०० रुपैयाँ = १६ हजार रुपैयाँ कर तिर्नुपर्छ। त्यसबाहेक तपाईँले भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर केही पनि तिर्नुपर्दैन। यदि तपाईँ छ महिनाभन्दा बढी समय बसी नेपाल फर्कनुभएको हो भने तपाईँले ३२X४५०‌= १४ हजार ४ सय रुपैयाँ मात्रै कर तिरे हुन्छ।

पहिले कति पर्थ्यो नि ?
पहिलेको कर र अहिलेको करमा कति अन्तर छ त ? पहिले यति तिर्नुपर्थ्यो-
६ महिना भन्दा बढी समय बाहिर बसेर फर्केकालाई
आकार कर दर प्रतिइन्च
0″ – 22″ Rs 250
23″ – 29″ Rs 350
30″ – 32″ Rs 640
33″ – 39″ Rs 800
40″ – 49″ Rs 850
50″ – over Rs 1600

६ महिना भन्दा कम समय बाहिर बसेर फर्केकालाई
आकार कर दर प्रतिइन्च
0″ – 22″ Rs 300
23″ – 29″ Rs 425
30″ – 32″ Rs 720
33″ – 39″ Rs 900
40″ – 49″ Rs 950
50″ – over Rs 1700

नेपालमै चाहिँ कति पर्छ एलसीडी टिभीको ?
एलजी २६ इन्च ५९ हजार ४९५
एलजी ४२ इन्च १ लाख ३९ हजार ९९०
सोनी ३२ इन्च ६० हजार
सामसुङ २२ इन्च ३१ हजार ९९०
सामसुङ २६ इन्च ४६ हजार ९९०
सामसुङ ३२ इन्च ५९ हजार ९९०
(स्रोतः भाटभटेनी सुपरमार्केट)

No comments:

Post a Comment