Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday, 12 July 2011

अष्ट्रेलिया,-गणेश केसी अध्यक्ष पदमा विजयी भएका छन्

“अष्ट्रेलिया, १२ जुलाई । एनआरएन अष्ट्रेलियाको  आइतवार न्यू साउथ वेल्स लगायत अन्य स्टेटमा भएको निर्वाचनमा गणेश केसी अध्यक्ष पदमा विजयी भएका छन् । केसीका निकटतम प्रतिद्धन्दी एनआरएनका निवर्तमान महासचिव विष्णु हमाललाई हराउदैं केसी विजयी भएका हुन् । केसीले कूल १४ सय एघार मत ल्याए भने हमालले कूल १२ सय २८ मत प्राप्त गरे । त्यस्तै महासचिवमा महेन्द्र वली कूल १४ सय २९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्धन्दी  समीम अनवरले कूल ११ सय ४८ मत प्राप्त गरे । त्यस्तैं उपसभापतिमा एनएसडब्लुबाट पदमलाल सापकोटा-९६७ मत) , क्वीन्सल्याण्डबाट स्वतन्त्र प्रताप शाह-२०५ मत) वेष्टन अष्ट्रेलियाबाट भरत दकाल निर्विरोध निर्वाचित भएका छन् ।  कोषाध्यक्षमा भरत पोखरेलले कूल १३ सय २३ मत ल्याई विजयी भए भने उनका निकटतम प्रतिद्धन्दी  रविन्द्र घिमिरेले कूल १२ सय ४५ मत ल्याउन सफल भए ।


सहसचिवमा एनएसडब्लुबाट निरञ्जन प्रसाई, क्वीन्सल्याण्डबाट विनोदभक्त आचार्य , वेष्टन अष्ट्रेलियाबाट राजकुमार थपलिया निर्विरोध निर्वाचित भएका छन् । एनआरएन आइसीसी सदस्यहरुमा भोमादेवी लिम्बु,नरेश थापा,प्रलाद केसी, सुरेन्द्र सिग्देल र टपिन्द्र थापा निर्वाचित भएका छन् ।  त्यस्तैं सदस्यहरुमा एनएसडब्लुबाट अरुण कुमार ठाकुर, भिष्म भण्डारी, भिम छन्त्याल, किरण थापा, कृष्ण गिरी, राजन सिटौला, सुजता बस्नेत, सुरेन्द्र सापकोटा विजयी भएका छन् भने अन्य स्टेटहरुमा क्यानवेराबाट शरद चालिसे, नर्दन टेरिटोरीबाट राजु अधिकारी, क्वीन्सल्याण्डबाट होमनिधि पौडेल र रमेश पौडेल, साउथ अष्ट्रेलियाबाट दिपक विष्ट, ताजमिनियाबाट अमन वज्राचार्य, भिक्टोरियाबाट द्रोण प्रसाद पन्त र वेष्टन अष्ट्रेलियाबाट गंगाप्रसाद सापकोटा र मधु पन्थी विजयी भएका छन् ।
एनएसडब्लुका निर्वाचन आयुक्त तथा एनआरएन संस्थापक अध्यक्ष मन केसीले नेपालीमञ्चसँगको कुराकानीमा निर्वाचनको नतिजा सबैले सहर्स रुपमा स्वीकार गरेको बताए । उनले अगाडि भने- पहिलो निर्वाचन भएकोले सबै नेपाली समुदायका मतदाताहरु एउटा छुट्टैं रौनकता थियो । तर राजनीतिक रंग देखिएकोमा भने केसीले असन्तुष्टी पोखे । एनआरएन एउटा पवित्र संस्था भएकोले यसमा पार्टीगत राजनीति प्रवेश गर्न नहुने बताए । नवनिर्वाचित अध्यक्ष गणेश केसीले नेपालीमञ्चसँगको कुराकानीमा सबैं नेपाली समुदायसँग हातेमालो गर्दै सहमति र सहकार्यका साथ आप\mनो कार्यकाल अगाडि बढ्ने बताए । उनले  चुनाव अगाडि जे जे भएपनि अतितका कमी कमजोरीलाई सुधार्दै सबै नेपाली समुदायलाई एकेबद्धता गर्दै अगाडि बढ्न आफ्नो काँधमा थप जिम्मेवारी आएको केसीले बताए । यसको लागि सबै साथीहरुबाट  सहयोगको अपेक्षा पनि राखे । एनआरएन भित्र राजनीतिक रंग देखिएकोमा केसीले नेतृत्वको होडवाजीका कारण प्रतिस्पर्धामा हामी सबैं बहकिदा रंग देखिन गएको स्वीकार गरे । उनले अगाडि भने -एनआरएन एउटा गरिमामय उद्धेश्य वोकेको संस्था भएकोले राजनीतिबाट टाढा राख्नु पर्दछ  । उनले निर्वाचनबाट संस्थामा आबद्ध हुन नसकेका नेपाली समुदायका बुद्धिजीवीहरुलाई संस्थाभित्र सामेल गराउन आफु कटिबद्ध रहेको पनि बताए । त्यस्तैं नवनिर्वाचित महासचिव महेन्द्र वलीले नेपालीमञ्चसँगको कुराकानीमा एनआरएन अष्ट्रेलिया बाहिर राजनीतिक रंग देखिए पनि संस्था भित्र सल्लाह सहमति र सहकार्यका साथ आफनो कार्यकाल अगाडि बढ्ने प्रतिबद्धत्ाा जनाए । उनले  जुनसुकैं प्यानलका व्यक्ति भएपनि हामी सबै गैर आवासिय नेपाली भएका नाताले नेपाली समुदायको मेन्डेट अनुसार अगाडि बढ्नुपर्ने बताए ।  उनले अगाडि भने – राजनीति रंग आएको प्रष्ट हो,नेतृत्वमा पुग्नको लागि राजनीतिक भर्‍याङ चढेको स्थिति हो, भावी दिनहरुमा यस्तो आउन नदिन सबैले आ-आफ्ना कमी कमजोरीलाई औल्याउनु पर्ने बताए । करिब ६ हजार २ सय भन्दा बढी सदस्यहरु रहेको एनआरएन अष्ट्रेलियाको निर्वाचनमा करिब ३ हजारको हाराहारी मत खसेको थियो । सो निर्वाचन सम्पन्न गर्न एनआरएन अष्ट्रेलियाले अनुमानित  १५ हजार अष्ट्रेलियन डलर खर्च भएको बताएको छ । चुनाव परिसर हेर्दा नेपालमा हुने स्थानिय निर्वाचन र विद्यार्थी स्ववियूको निर्वाचनको भल्को दिएको थियो  ।”

No comments:

Post a Comment