Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday, 25 October 2011

बेलायती प्रधानमन्त्रीको निवासमा दीपावली

- बेलायती प्रधानमन्त्रीको निवास 'टेन डाउनिङ स्टि्रट' २० अक्टोबरको साँझ भरिभराउ थियो । तर त्यहाँको भीडभाडचाहिँ विल्कुलै फरक किसिमको थियो । त्यहाँ कुनै 'डेलिगेसन' थिएन । न त युरोपको आर्थिक संकट वा सैनिक शासक गद्दाफीको पतनपछि लिबियाको भविष्यबारे नै बहस भइरहेको थियो । बरु, नजिकिँदै गरेको दीपावली मनाउन यहाँ रहेका नेपालीका साथै हिन्दु र अन्य धर्मावलम्बीसमेत त्यहाँ प्रतीक्षारत थिए । प्रधानमन्त्री डेभिड क्यामरुनले आफ्नो निवासमा दीपावली मनाउन आयोजना गरेको एउटा 'रिसेप्सन' मा हिन्दु, जैन, सिख, व्यवसायी, राजनीतिज्ञ, खेलाडी, सैनिकलगायत क्षेत्रका सयौं व्यक्तित्व सामेल भए । त्यस्तो संवेदनशील क्षेत्रमा समेत निम्तालुलाई परिचय र निम्तो पत्रका भरमा मात्र सहज प्रवेश दिइएकाले अधिकांश सहभागी चकित तर दंग देखिन्थे ।


सर जर्ज डाउनिङले चार सय वर्ष पहिले बनाएको ऐतिहासिक र कलात्मक भवनको पहिलो तलामा आयोजित दुई घन्टा लामो कार्यक्रममा साह्रै तामझाम भने थिएन । स्न्याक्सका रूपमा तातोपिरो समोसा अनि 'भेज' आइटम्स थिए । अल्कोहल मागे मात्र उपलब्ध गराइन्थ्यो । लस्सी भने पर्याप्त थियो । ओवामासँग भिडियो कन्फरेन्समा व्यस्त भएर रिसेप्सनको अन्तिमतिर आइपुगेका प्रधानमन्त्री क्यामरुनले सहभागी सबैलाई दीपावलीको शुभकामना दिए । उनले लिबियाली तानाशाह गद्दाफीको अवसान प्रसंग जोड्दै दीपावली यसपटक झन् सान्दर्भिक भएको बताए । प्रधानमन्त्री क्यामरुनले हिन्दु समुदायले बेलायतमा व्यवसाय, खेल, कला र संस्कृति क्षेत्रमा गरेको योगदानको खुलेरै प्रशंसा गरे ।


'बेलायत यतिखेर आप्रवासीप्रति बढी नै अनुदार भएको अवस्थामा प्रधानमन्त्रीले हिन्दु समुदायको प्रशंसा गर्दा म छक्क परें,' कार्यक्रममा सहभागी नेप्लिज हिन्दु फोरम यूकेका महासचिव चिरन्जीवी पौड्यालले भने । उक्त अवसरमा भजन पनि गाइएको थियो । गत साता हाउस अफ कमन्समा पनि दीपावली कार्यक्रम भएको थियो । उक्त अवसरमा टोरी सह-अध्यक्ष व्यारोनेस सायदा वर्सी, लेवोर नेता इद मिलिब्यान्ड, हाउस अफ कमन्सका लिब्डेम डेपुटी लिडर साइमन ह्युजेस लगायतले दीपावलीको शुभकामना दिएका थिए ।

No comments:

Post a Comment