Main Option : Watch live cricket,football,FM,T.V and download music

Sunday, 6 November 2011

जंक फूड खाने युवक बाँझै हुने

लण्डन। टेस्टी बर्गर र फ्रेन्च फ्राई देखेर यदि तपाईको मुखमा पनि पानी आउछ भने अब तपाईले आफूलाई सम्हाल्नै पर्ने हुन्छ। खासतौरमा युवाहरूले। नयाँ अध्ययन र खोज अनुसार ज्यादा जंक फूड खानाले पिता बन्ने क्षमतामा असर पार्दछ।

अमेरिकाको हावर्ड यूनिभर्सिटी र स्पेनको मर्सिया यूनिभर्सिटी का रिसर्चरहरूले बताए अनुसार हाई ''ट्रान्स–फैट'' वाला खाना युवकहरूको स्पर्मलाई नोकसान पुर्याबउछ। बेलायतको डेलीमेल पत्रिकाका अनुसार रिसर्चरहरूले १८ देखि २२ वर्ष उमेरका कैयौं युवकहरूको स्पर्मको जाँच गरे। अनुसन्धानमा उनीहरूले पाए कि जो युवक जंक फूड ज्यादा खान्थे उनीहरूको स्पर्मको क्वालिटी अति नै खराब रहेको पाइयो। मर्सिया यूनिभसिर्टीले १८८ युवकहरूमा स्टडी गर्यो । एक कैटिगरीका युवकहरूलाई रेड मीट, रिफाइण्ड कार्बोहाइड्रेट, स्वीट्स र एनर्जी ड्रिक्स जस्ता खाना–पिउने बस्तु दिइयो, दोस्रो कैटिगरीका युवकहरूलाई फिश, फूट्स, भेजिटेबल र अन्न दिइयो। यस दौरान पहिलो कैटिगरीका युवकहरूको स्पर्मको क्वालिटी खराब पाइयो, त्यही दोस्रो कैटिगरीका युवकहरूको स्पर्मलाई कुनै नोकसान भएन। स्टडी गर्ने वाला आन्ड्रे गैसकिन्सलेे बताए कि हाम्रो रिसर्चले मुख्यरुपमा यो साबित गर्दछ कि हेल्दी डाइट स्पर्मको क्वालिटीका लागि फाइदाजनक हुन्छ।

No comments:

Post a Comment