जापानी विद्यार्थीहरुको एक समूहले हालै एक अनौठो तथा अति उपयोगीकाम गरेका छन् । उनीहरुले फ्याँकिएका चुरोटका ठुटाबाट मान्छेले लगाउने टिसर्ट बनाएका छन् ।
यो पुनचक्रण परियोजनामा चुरोटका ठुटा जम्मा गरेर वातावरण सफा राख्ने अभियानमा जुटेका विद्यार्थी लगायत सहभागिथिए यस्ता ठुटाहरुमा भएको हानिकारक रसायन हटाउने प्रविधिको विकाश गरिसकेको हुनाले चुरोटका ठुटाबाट बनाइएको टिसर्ट पहिरनका लागि हानिकारक नहुने बताइएको छ ।
चुरोट तानेर बाँकी रहेको ठुटामा रहेको कपासबाट धागो कातेर विद्यार्थीहरुले टिसर्ट बनाउने गरेका छन् । सबैभन्दा पहिले वाणिज्यशास्त्रका २१ वर्षका विद्यार्थी सिंजी सवाइले यताउता फालिएका चुरोटका ठुटाको उपयोग गरी कपडा बनाउने सोँच बनाएका थिए । त्यसपछि उनी सँगै अरु विद्यार्थीहरु मिलेर एओआइनामको समूह बनाएका थिए ।
क्योटो इन्स्िटच्युट अफ टेक्नोलोजीका प्राध्यापकको संलग्नतामा संचालित पुनचक्रण परियोजनामा सामेल विद्यार्थीहरुको समूहले बनाएको चुरोटको ठुटाको टिसर्ट विश्वमै पहिलो हो ।
No comments:
Post a Comment