Main Option : Watch live cricket,football,FM,T.V and download music

Sunday, 27 November 2011

अन्तरिक्ष एजेन्सी नासाले शनिबार मंगल ग्रहमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रोबोटिक यान प्रक्षेपण

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले शनिबार मंगल ग्रहमा अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रोबोटिक यान प्रक्षेपण गरेको छ । क्युरियोसिटी नामको रोबोट सहितको यान फ्लोरिडाको केप क्यानवेरल प्रक्षेपण केन्द्रबाट एटलस रकेटको माध्यबद्धारा प्रक्षेपण गरिएको हो ।
यो रोबोटिक रोवर यन्त्रमानव जस्तै एउटा विशाल यन्त्र हो जसको तौल झण्डै १ टन रहेको नासाले जनाएको छ ।
गाडि आकारको ६ पांग्रा सहितको यो यान मोबाइल प्रयोगशालाको रुपमा रहेको छ । यसलाई मंगल विज्ञान प्रयोगशाला पनि भन्ने गरिएको छ ।
यो रोबोटिक यान साढे ८ महिनामा मंगल ग्रहमा पुग्नेछ । मंगल ग्रहमा अवतरण भएसँगै रोबोट जडित यो यानले त्यहाँबाट ढुंगा तथा माटोका नमूनाहरु संकलन गर्नेछ जसले मंगल ग्रहमा जिवनको सम्भावनाबारे थप खोजी गर्नेछ । यो यानमा प्लुटोनियम ब्याट्री राखिएकाले दश वर्षम्म लगातार संचालमा रहनेछ । यसमा रहेको मोबाइल प्रयोगशालामा मंगल ग्रहको सतहबाट संकलन गरिएका नमुनाको विश्लेषण समेत हुनेछ । पछिल्लो मंगल ग्रह मिसनको कुल खर्च साढे २ अर्ब डलर रहेको नासाले जनाएको छ ।
क्युरियोसिटी प्रोजेक्सका प्रबन्धक पिट थिसिंगरले अन्तरिक्षयान पूरै फिट रहेकेा र मंगलको यात्रामा सफलतापर्ूवक अघि बढिरहेको बताएका छन् । नासको मंगल अभियानका निर्देशकले पछिल्लो रोबोटिक यान प्रक्षेपण सँगै प्रविधिको क्षेत्रमा मात्र नभएर वैज्ञानिक युगमै नयाँ अध्याय सुरु गरिएको दाबी गरे । प्रक्षेपणको ५० मिनेटपछि यानसँग पहिलो सर्म्पर्क स्थापित भएको नासाका अधिकारीहरुले बताएका छन् ।

No comments:

Post a Comment