Main Option : Watch live cricket,football,FM,T.V and download music

Sunday, 27 November 2011

६० करोड बालबालिका फेसबुक प्रयोगकर्ता



सामाजिक सञ्जाल फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले यस्ता सञ्जालहरु १३ वर्षमुनिका बालबालिकालाई पनि प्रयोग गर्नछुट दिनुपर्ने बताएका छन् । यो अमेरिकाको संघीय कानुनको विपरीत हुनेछ । सन् १९९८ मा बनेको यस्तो कानुनले बालबालिकाको अनलाईन गोपनियताको पक्षमा वकालत गर्छ ।

यसका लागि जुकरबर्गले आफू कानुन परिवर्तनका लागि लड्न पनि तयार रहेको बताए । बालबालिकालाई यस्तो सञ्जाल प्रयोग गर्न अधिकार दिलाउने मामलामा संघर्ष गर्न कुनै अपराध होइन भन्दै उनले भनेका छन्, ‘यस्ता सामाजिक सञ्जालको प्रयोगबाट उनीहरुलाई पुग्ने शैक्षिक उपलब्धी धेरै छन् ।’ ‘मेरो व्यक्तिगत मान्यताअनुसार ज्ञान आर्जण गर्नका लागि कुनै पनि उमेरको हदबन्दी हुनुहुादैन । यसका लागि सानै उमेरबाट सुरु गर्नुपर्ने हुन्छ । कानुनी अड्चनका कारण हामीले यस्तो प्रकारको ज्ञान आर्ज गर्ने प्रक्रियालाई अवरोध गरिरहेका छौं,’ उनले भने ।

उनी क्यालिफोर्नियाको एउटा स्कुलमा आयोजना गरिएको नवीनतम खोजसम्बन्धी सम्मेलनमा बोल्दै नयाा शैक्षिक विधिको सिर्जनामा लागिपर्नु आˆनो सबैभन्दा ठूलो चाहना रहेको बताए । फेसबुकका लागि बालबालिकाको कुन उमेर सबैभन्दा सानो भन्नेमा अझै पनि बहस गर्न बााकी नै रहेको उनले बताए ।

आलोचकहरुले भने बालबालिकाको गोपनियता र अनलाईनबाट हुने विभिन्न प्रकारका अन्य खराब गतिविधिका कारण उमेरको सीमिततामा विचार गर्नुपर्ने बताउाछन् । फेसबुकका प्रवक्ताले भने आˆनो सामाजिक सञ्जालमा सबै उमेर समूहका प्रयोगकर्ताको गोपनियताको रक्षाका हदैसम्मका उपायहरु अपनाइएको बताए । तर हालै गरिएको एक अध्ययनले यस्ता सञ्जालको प्रयोगमा उमेरको हदबन्दी लागू गर्न कतिसम्म अप्ठयारो हुनसक्छ भन्ने देखाएको छ । यसका लागि बालबालिकाले आˆनो उमेर झूठो पनि भन्न सक्छन् । यसको रोकथामका लागि कुनै एउटा मात्रै समाधान छैन ।

विभिन्न कानुनी प्रावाानहरुका बाबजुद पनि अमेरिकाको उपभोक्ता प्रतिवेदनका अनुसार १३ वर्षमुनिका फेसबुक प्रयोगकर्ता बालबालिकाको संख्या हाल ६० करोड छ ।

No comments:

Post a Comment