नोकिया लुमिया-८००
सामसुङ ग्यालेक्सि एस-२
मोबाइल फोटोग्राफीका शौखिनहरूले अब आइफोन नै बोक्नुपर्छ भन्ने छैन। विकल्प हो सामसुङ ग्यालेक्सी एस- २। यसमा भएको ८ मे गापिक्सेलको क्यामेराले उत्कृष्ट तस्बिर खिच्न सकिन्छ। फुल एचडी रेकर्डिङ र प्लेब्याक सुविधासहितको सेटमा ४ दशमलव ३ इन्चको डिस्प्ले छ। स्लिम डिजाइन रुचाउनेहरूका लागि पनि यो सेट रोजाइमा पर्न सक्छ। यसमा ड्युल कोर एप्लिकेसन प्रोसेसर छ।
मोटोरोला आरएजेडआर एक्सटी-९१०
अहिलेसम्मकै पातलो बडी भएको सेट हो यो। यसको साइज ७ दशमलव १ मिलिमिटर छ। ५ मेगापिक्सलको क्यामेरा युक्त यो सेटले जीएसमएम र थ्रीडी सर्पोट गर्छ। यसमा १ गिगाहर्जको टी आइ ओएमएपी ३६२० वाला प्रोसेसर छ। यो सेटमा ५ सय १२ एमवी र्यामका साथ २ जिवीको इन्टरनल मेमोरी पनि छ।
सामसुङ ग्यालेक्सी नेक्सस
एन्ड्रोइड डिभाइसमा रुचि राख्नेहरूका निम्ति यो स्मार्टफोन रोजाइमा पर्न सक्छ। यसमा ४ दशमलव ५ इन्चको सुपर एचडी डिस्प्ले छ। ९ एमएमको पातलो बडीयुक्त सेटको प|mन्टमा १ दशमलव ३ एमपी र अर्कातिर ५ एमपीको क्यामेरा छ। यसमा ३२ जिबी मेमोरी छ।
एचटिसी सेन्सेसन एक्सई
यदि राम्रो साउन्डका लागि आइफोन खोजिरहनुभएको छ भने त्यसको विकल्प वन्न सक्छ एचटिसीको यो स्मार्टफोन। यसको साउन्ड क्वालिटी आइफोन फोर एस जत्तिकै छ। ४ दशमलव ७ इन्चको डिस्प्लेयुक्त यो सेटमा ८ मेगापिक्सेल क्यामेरा छ। यसले मोटोरोलामा जस्तै जीएसएम र थ्री डि सपोर्ट गर्छ। यसमा १ दशमलव ५ गिगाहर्जको क्वाल्कम एमएससाएम ८२५५ प्रोसेसर छ।
No comments:
Post a Comment