Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 7 December 2011

इजरायल बन्यो ठगी गर्नेको नयाँ गन्तब्य

नेपाली महिला कामदारहरुका लागि आकर्षक गन्तव्य मुलुकका रुपमा मानिएको इजरायल रोजगारीका नाममा अहिले करोडौं ठगी हुन थालेको छ। इजरायल खुलेको महिनौ भइसक्दा पनि अहिलेसम्म इजरायलका नाममा कुनै पनि मेनपावरले पार्व स्वीकृति निकाल्न सकेका छैनन्। पार्व स्वीकृति ननिकाले पनि मेनपावरहरुले पासपोर्ट र डकुमेन्ट बुझी हिबु्र भाषा टे्रनिङ गराउने र प्रति कामदार एक लाखदेखि तीन लाखसम्म एडभान्स पैसा उठाउने कामलाई जारी राखेका छन्।

मेनपावरले मात्र नभई विभिन्न एजेन्ट, कन्सलटेन्सी र हिब्रु भाषा टे्रनिङ सेन्टरले पनि इजरायल जाने तयारीमा रहेका कामदारसाग लाखौं पैसा उठाइरहेका छन्। अहिलेसम्म इजरायलका नाममा हजारौंले एडभान्स बुझाइसके पनि खासै कोही पनि उडेका छैनन्। केहीले व्यक्तिगत श्रम स्वीकृतिबाट मान्छे उडाए पनि संस्थागत रुपमा भने मेनपावरहरुले कामदार लैजान सकेका छैनन्। यसरी खुलमखुला रुपमा इजरायल रोजगारीका नाममा करोडौं ठगी हुादा पनि सम्बन्धित निकाय भने मौन बसेको छ।

No comments:

Post a Comment