Main Option : Watch live cricket,football,FM,T.V and download music

Friday, 16 December 2011

पर्यटन प्रवर्द्धनका लागि नेपालमा बलिउड नाइट हुने भएको छ


। भारतको साइबाबा टेलिफिल्मस् प्रालि र थट मिडिया प्रालिले काठमाडौंमा सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रममार्फत नेपालको प्रवर्द्धन गर्ने आयोजकको दाबी छ । 
आयोजकका अनुसार कार्यक्रममा बलिउडका चर्चित कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रमको उद्घोषणका लागि नायिका अनुष्का शर्मा र एमटिभीका प्रस्तोता रहनेछन् । सलमान खानले एक्रोब्याटिक नृत्य प्रस्तुत गर्नेछन् भने शंकर एहसान लोय र फरहान अख्तरले सांगीतिक प्रस्तुति गर्नेछन् । पि्रयंका चोपडाले नेपाली नृत्य प्रस्तुत गर्नेछिन् । रनवीर सिंह र सोनाक्षी सिन्हाको जोडीले रोमान्टिक नृत्य प्रस्तुत गर्नेछन् । 
श्रेया घोषाल र एलिसा चेन्नईले पप तथा चलचित्रका गीत प्रस्तुत गर्नेछन् । सुरसुधाको सांगीतिक प्रस्तुति रहनेछ । बोमन इरानीले हाँस्य प्रहसन गर्नेछन् भने शाहिद कपुरले रक डान्स प्रस्तुत गर्नेछन् । त्यस्तै, अर्जुन रामपाल, जोन इब्राहिम र रितेश देशमुखको प्रस्तुति पनि कार्यक्रममा रहनेछ । कार्यक्रमको अन्त्यमा माधुरी दिक्षितको प्रस्तुति रहने आयोजकले जनाएका छन् । 
साइबाबा टेलिफिल्मस् भ्वाइस अफ इन्डिया, सारेगमप, छोटे उस्तादलगायत आधा दर्जन म्युजिकल रियालिटी सोको निर्माता हो । 
कार्यक्रमसम्बन्धी जानकारी दिन आयोजित कार्यक्रममा कम्पनीका प्रतिनिधि धिरज रैनाले नेपाल धेरै कुरामा 'अनकमन' भएकोले कार्यक्रमको पनि 'अनकमन नेपाल' हुने बताए ।  आगामी अपि्रलमा काठमाडौंको दशरथ रंगशालामा कार्यक्रम गर्ने तयारी भइरहेको उनले जानकारी दिए । 
कार्यक्रममा पर्यटन वर्षका राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले पर्यटकीय थिममा बलिउडको कार्यक्रम हुनु सकारात्मक भएको बताए । सन् २०११ म्ा करिब आधा दर्जन अन्तर्राष्ट्रिय स्तरका सांगीतिक कार्यक्रम नेपालमा भएको उनले जानकारी दिए । 
कार्यक्रममा नेपाली फिल्म निर्देशकहरूले नेपाली सिने क्षेत्र उत्साहित भएको र पर्यटन प्रवर्द्धनका लागि यस्तो कार्यक्रम उपयुक्त मञ्च हुने धारणा राखे । 
नेपालमा कार्यक्रम गर्दा विषयवस्तुप्रति संवेदनशील हुन र नेपाली कलाकालाई पनि सहभागी गराउन उनीहरूले आयोजकलाई आग्रह गरे । 

No comments:

Post a Comment