Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday, 16 January 2012

जापानको ओशाकामा एक नेपालीको हत्या

जापानको ओशाकामा रेष्टुराँ ब्यबसाय संचालन गर्दै आएका एक नेपालीको सोमवार बिहान हत्या भएको छ । स्थायी घर धादिङ भई हाल जापानको ओशाकामा नेपाली भान्छाघर नामक रेष्टुराँ चलाउँदै आएका अन्दाजी ४० बर्षका बिष्णु धमालाको सोमवार बिहान हत्या भएको जापानबाट संचालित कम्युनिटी न्युजपोर्टल टोक्यो नेपाल डट्कमले जनाएको छ । स्थानीय नेपालीहरुका अनुसार आफ्नै रेष्टुराँमा माघे संक्रान्तिका अबसरमा खानपिन गरि आफ्ना रेष्टुरेन्टका दुईजना कुकु सहित घर फर्किने क्रममा बिहान करिव ४ बजेतिर ४ जना जापानीहरुको समूहले उनीमाथि सांघातिक आक्रमण गरेको थियो । आक्रमणपछि गम्भीर घाइते भएका धमलालाई उपचारका लागी अस्पताल लैजादै गर्दा वाटोमै मृत्यु भएको हो । मृतकका साथमा रहेका एक जना कुकुलाई समेत उनीहरुले कुटपिट गरेका छन् । कुटपिटपछि कुकु सामान्य घाइते भएका छन् । एनआरएन कन्साईका सचिव रमेशवावु अधिकारीका अनुसार उनको हत्या भएपछि साथमा रहेका उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए । मृतकको टाउको र मुखमा गम्भीर चोट लागेको छ । अहिले ओशाकाको प्रहरी चौकीमा एनआरएनका संरक्षक देवमान हिराचन, एनआरएनका जापान र एनआरएन कन्साईका प्रतिनिधिहरु लगायत नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको छ । जापानी सञ्चारमाध्यमहरुले दुई पक्षको विवादका कारण मृत्यु भएको भन्ने समाचारको ओशाकास्थित नेपालीहरुले कडा विरोध जनाएका छन् । नेपाली भन्छा घरका मालिक धमलालाई आक्रमणकारीहरुले पछाडीवाट आएर अन्धाधुन्ध कुटपिट गरी हत्या गरेको थिए । तरु स्थानिय जापानी मिडियले भने आपसमा झगडा हुदा गम्भीर चोट लागेर निधन भएको भन्ने गलत प्रचारवाजी गरेको भन्दै स्थानिय नेपालीहरुले विरोध जनाउनुका साथै सो समाचार सच्चाउन जापानी सञ्चारमाध्यमहरुलाई दबाब दिइरहेका छन् । आक्रमणकारीमध्ये दुई जना महिला र दुई जना पुरुष रहेको बताइएको छ । आक्रमणकारी मध्ये अहिलेसम्म दुई जनालाई भने प्रहरीले गिरफ्तार गरेको छ भने बाँकी दूई जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ । जापानी महिलासाग बिबाह गरि बसेका धमलामाथि आक्रमणको कारणबारे स्पष्ट हुन सकेको छैन् । घटनाका वारेमा प्रहरीले अनुसन्धान जारी राखेको जापानीमा रहेको नेपाली समाचार अनलाईन संस्करण टोक्यो नेपाल डटकमले समाचार लेखेको छ ।

No comments:

Post a Comment