भर्खरै ३३ पुगेर ३४ बर्ष लागेकी शर्मिलाले एक महिना अगाडी पतिसंग सम्बन्ध बिच्छेदको आबेदन दिएकी छिन् । १ ६ बर्षकै उमेरमा प्रेम परेपछि पारिवारिक सहमतिमा उनको बिबाह भएको थियो । बिबाहलगत्तै बर्षेनी २ छोरीहरु जन्मिए । पारिवारिक समृद्दिले गर्दा अभाबको छानो नचुहिए पनि, अस्ट्रेलिया आउने महामारी लागेको बेला उनी र उनका पतिले अस्ट्रेलिया आउने निर्णय गरे । शर्मिलाले बिद्यार्थी भिसाको आबेदन दिइन् उनका पति विजयले डिपेन्डेन्ट भिसाको आबेदन दिए ।
अन्तत: भिसा लागेपछि सन् २००८ तिर उनीहरु सिड्नी आए, दुवै छोरीहरुलाई नेपालमै छोडेर । त्यतिखेर अस्ट्रेलियामा अन्तर्रास्ट्रिय बिद्यार्थीहरुको चाप व्हात्तै बढेको थियो भने बिश्व आर्थिक मन्दीको चपेटामा परेको थियो । नयाँ बिद्यार्थीहरुलाई काम पाउनु र सिड्नीको चर्को महंगीमा बाच्नु धौ-धौ थियो । शर्मिला र बिजयले पनि जिन्दगीका अँध्यारा र दुःखदायी दिनहरु बडो धैर्यसंग काटे । समयक्रममा राहतका दिनहरु आए । विजयले “फुल टाइम” काम पाए, शर्मिलाले पनि “पार्ट टाइम” काम पाइन् । राम्रो कोठा, राम्रो मोबाइलका साथसाथै दुवै जनाले कार पनि किने । सोचेभन्दा राम्रो भयो । अर्थात अब अस्ट्रेलिया उनीहरुलाई फाप्दै गयो ।
केहि महिनापछि विजयमा एकाएक परिबर्तन देखिन थाल्यो । काम सकिएपछि घर चाडै नआउने, मोबाइलका सारा ” मेसेज ” र “इन्कमिङ “र “आउट गोईङ” कलहरु डिलिट गर्ने, कमाएको पैसाको आधि जति मात्र शर्मिलालाई दिने, सानो-सानो कुरामा झर्किरहने र शर्मिलाईलाई पिट्न पनि थालेपछि उनले खोज तलाश गर्न थालिन् । नभन्दै केहि दिनमै थाहा भयो, विजयले आफूले काम गर्ने ठाउँ नजिकै बस्ने करीब ५० बर्ष उमेरकी अस्ट्रेलियन आइमाईसंग सम्बन्ध गाँसेका रहेछन् । सरकारले दिएको बेरोजगार भत्तामा बस्ने ती अस्ट्रेलियन महिलाले विजयलाई अस्ट्रेलियाको स्थायी बसोबास र नागरिकताको प्रलोभन दिई दिई ” टोई बोइ ” को ब्यबहार गर्दी रहिछन् ।
शर्मिलाले बिजयलाई आफ्नो घर परिवार, छोरीहरु र कर्तव्यको बारेमा सम्झाउन प्रयास गरिन् तर त्यसको बदलामा विजयले उनलाई हात हालेपछि उनले प्रहरीमा घरेलु हिंसाको मुद्दा दायर गरिन् । बिजयलाई प्रहरीले शर्मिलाबाट दुर बस्न ” ए बि ओ” को आदेश दियो । मुद्धामाथि मुद्दा दायर भयो । दुवैले वकिलहरु राखे । वकिलको पारिश्रमिकमा धेरै पैसा गएपछि अन्तत: विजयले शर्मिलासंग माफी मागे । आफ्नै आँखा अगाडी प्रेमको धज्जी उडाएको पतिलाई माफी गर्नु शर्मिलाको आत्मसम्मानले स्वीकारेको थिएन । तर पारिवारिक दबाबमा उनले फेरी बिजयलाई स्विकारिन् । पुनर्मिलनको केहि महिना पछि नै विजयले फेरी अर्को युरोपियन केटीसंग सम्बन्ध राखेको रंगे हात पक्रिएपछि अन्तत: शर्मिलाले सम्बन्ध बिच्छेदको आबेदन दिएकी छिन् ।
“पटक-पटक माफ गरेँ, तर मेरो धैर्यताको कुनै अर्थ रहेन”- आँखाभरि आँसु पार्दै शर्मिला भन्छिन्- “लोग्ने मान्छेको सबै गल्ति माफ गर्दै कायर जस्तो जिन्दगी जिउनु छैन मलाई ।”
“बाँकी जिन्दगी कसरि बिताउने त ?”
अध्ययनसंगै आफै काम गर्दै बाँचीरहेकी उनी भन्छिन् -”आधी भन्दा बेसी जिन्दगी अगाडी छ, मन मिल्ने साथि भेटें भने पुनर्बिवाह गर्छु, होइन भने एक्लै बाँच्न सक्छु । “संघर्षले आत्मबिश्वाश बढाईदिएको छ – “श्रीमान्ले गरेको गल्तीको सजाय एक्लै बसेर मैले मात्र भोग्नु पर्छ भन्ने छैन । ”
उता झन्डै पचास बर्ष पुग्न लागेकी काठमान्डूकी देवकी भने आफ्नो २८ बर्षे बैबाहिक जीवनकालमा मुस्किलले १२ महिना जति मात्र पतिसंग बिताएको बताउँछिन् । श्रीमान् सरकारी जागिरे थिए, जिल्ला जिल्ला घुमिरहन्थे, काठमान्डूमा जन्मिएर हुर्किएकी देबकीलाई लिएर उनका श्रीमान कहिल्यै जिल्ला गएनन् । संगै बसे पनि नबसे पनि जति पटक भेट भयो, त्यति मै उनले तीन वटा बच्चा जन्माइन् । श्रीमानसंग जान्छु भनेर उनले जिद्दी नगरेकी पनि होइनन् तर उनले कहिल्यै जान पाइनन् । श्रीमान टाढिनुको कारण पत्ता लगाउन पनि सकिनन् । अन्तत : मानसिक तनाब शरिरमासमेत देखिएर रोगको रुप लिदै गएपछि उनले नेपाल छोड्ने निर्णय गरिन् र छोरा छोरीहरु आफ्नी आमाको जिम्मामा छोडेर एक दशक अघि सिड्नी आइपुगिन् । एक्ली महिला, संघर्षको कहानी छ उनको छातिमा । काम गर्ने ठाउबाटै ” स्पोंसरशिप ” पाएपछि उनले अध्ययन छोडिन् र एकोहोरो काम गर्न थालिन् । केहि वर्षामै स्थायी बसोबासको अनुमती पाएपछि उनले आफ्ना छोराछोरीहरु पनि लिएर आइन् । समयको अन्तरालमा न उनका श्रीमानले नै अर्को बिबाह गरे, न उनले नै अर्को बिबाह गर्न सकिन् ।
‘असन्तोषको पासोले छट्पटिएर बाँचेको छु ” लामो सुस्केरा हाल्दै देबकी आफ्नो कथा सुनाउछिन्- “मैले जे भोगे मेरा छोराछोरीहरुले भोग्न नपरोस् । ”
” सम्बन्ध बिच्छेद अथवा अर्को बिबाह किन गर्नु भएन त ? ”
“अत्यन्त सभ्रान्त परिवारकी छोरी हुँ म, उमेरमा धेरै पल्ट सोचेँ, तर पारिवारिक लोकाचारको अगाडी आफ्नो चाहना र इच्छा सधै पराजित भै रहयो ।”नक्कली मुस्कान छर्दै उनी भन्छिन् -” अरे बैनी ! अब त मैले अस्ट्रेलियाको नागरिकता लिइसकेकी छु , हात खुट्टा लागुन्जेल काम गरेर खान्छु, काम गर्न नसक्ने भएपछि सरकारले पालिहाल्छ नि – ।”
उमेरभरिका इच्छा, चाहना र प्रेमको भोक रहने मानबिय सम्बेदनाहरु सुरक्षित आर्थिक हैसियतले मात्र तृप्त हुन सक्छ र ? सक्दैन भने पारिवारिक र सामाजिक लोकाचारहरुले कहिलेसम्म बाधिन्छ मान्छेको जात ?
फरक कहानी पनि
चिना जुराएर पुरेतले होइन, पैसा जुराएर एजुकेसन कन्सलटेन्सीले उनीहरुको नक्कली बिबाह गरिदिएको थियो । त्यहि अनुसार चितवन घर हुने बिपिन र पाल्पा घर हुने रेणुको बैबाहिक कागजातहरु पनि तयार गरिएको थियो । अस्ट्रेलिया आएपछि उनीहरु एकै साथ होस्टेलमा केहि हप्ता बसे । सन् २००७ ताका आएका बिद्यार्थीहरुले अस्ट्रेलियामा तुरुन्त काम पाई नहाल्ने अबस्था थियो । किनकि त्यति खेरै बिश्व आर्थिक मन्दीको चपेटामा परेको थियो । रेणुको मन पनि अत्तालिन थाल्यो । बिपिन कलेज जान्थ्यो, रेणु काम खोज्न जान्थिन् । अभाब र गरीबी ढोकाबाट आयो भने प्रेम र बिश्वाश झ्यालबाट जान्छ भने झैं रेणुको मनले पनि सजिलो बिकल्पको चाह गर्न थाल्यो । उनले एउटी नेपाली साथीको सल्लाहमा क्रिश्चियन धर्म गुरुसँग सहायता मागिन् र उनको धर्म परिबर्तन गरियो ।
अस्ट्रेलिया आएको दुई महिनामै रेणुले बिपिन बिरुद्ध घरेलु हिंसा, धार्मिक हिंसा, यौनिक हिंसा, आर्थिक हिंसा लगयातका १२ वटा मुद्धाहरु हालेर पुलिस चौकीमा उजुरी दिइन् । अस्ट्रेलियाको महिलाप्रति सम्बेदनशील कानुनले तुरुन्त विपिनलाई गिरफ्तार गर्यो । उता रेणुले सोहि धर्म गुरुको सहयोगमा अस्ट्रेलियाको स्थायी बसोबासको अनुमति पाइन् । बिपिनको राम्रो बानी ब्यबहारले जेलबाट त छुटकारा पाए तर नराम्रो गरि मानसिक तनाबमा परे । नेपालमा भएका सहमतिका कागजातहरुको यहाँ कुनै सुनुवाई हुनेवाला थिएन किनकि ती सक्कली थिएनन् । अत: विपिनको अगाडी कुनै अर्को बाटो थिएन । दुःख- सुख गरेर दुई बर्षको पढाई सकेपछि उनले दिएको भिसा एक्सटेन्सनको अनुमती खारेज भयो । यत्तिकै घर फर्किने कि अस्ट्रेलिया मै बस्ने भन्ने उल्झनमा परेका बिपिन अहिले एउटा अस्ट्रेलियन आइमाईको डिफेक्टो भएर बसिरहेका छन् । “एउटा नेपालीले अर्को नेपालीलाई नै दुःख दिदा रहेछन् “- बिगत सम्झेर निरास हुन्छन उनी ।
नक्कली बिबाह गरेर केटाले केटिलाई र कतिले केटालाई छल गरि दुःख दिएका प्रशस्तै घटनाहरु छन् , अस्ट्रेलियाको नेपाली प्रबासी इतिहासमा । धेरैसंग छलफल गर्दा अस्ट्रेलियाको कानून महिलाहरुप्रति सम्बेदनशील भएको हुनाले केटिहरुले नै केटाहरु बिरुद्ध मुद्दा दायर गरेर आफूले सजिलोसंग स्थायी बसोबासको अनुमती लिने गरेको साधारण तथ्य पनि यहि लेखकै क्रममा फेला परेको छ ।
कारणहरु र निराकरण
गत फेब्रुअरीमा सिड्नीमा एउटा कार्यक्रममा प्रबचन दिदै गर्दा डा.चिन्तामणि योगीले बिदेशको अति व्यस्त समयमा पति पत्नीबिच व्यापक रुपमा देखिएको झगडा र खटपटको निराकरणको लागि एकअर्काको राम्रो कुराको प्रशंशा गर्ने बानीको विकास गर्न सुझाब दिनुभएको थियो । एउटालाई कामको अथवा अन्य कुराको तनाब परेको बेला अर्कोले सहज रुपमा त्यसलाई स्वीकारेर समस्या समाधान गर्न छलफलमा भाग लियो भने बिश्वाश र समझदारी बढ्दै जाने उहाँको बिचार थियो । एक अर्काप्रति बफादार रहेर सुखमा र दुखमा धैर्यता र स्नेह बाँडी रहन सक्यो भने पनि दुर्घटनाबाट बच्न सकिन्छ ।
बिदेशमा स्थायी बसोबासको प्रलोभनमा नपरी लगनशील भएर अध्ययन र काम गर्दै गयो भने निश्चय पनि अस्ट्रेलिया प्रजातान्त्रिक र बहुसांस्कृतिक मुलुक भएको हुनाले एक दिन स्थायी बसोबास सजिलै पाउन सकिन्छ, हतारमा छोटा बाटाहरु खोज्दै आफ्नो सम्बन्ध बिगारेर हिड्यो भने आफू, आफ्नो साथि र आफ्नो परिवार पनि मानसिक तनाबबाट पिडित हुन पुग्छन् ।
श्रीमान् र श्रीमती दुवैले सकेसम्म हप्ताको एक दिन संगै बिदा मिलाएर घुम्न जाने, अथबा एक अर्कासंग समय बिताउने गर्नाले पनि दुरी बढ्न पाउदैन । बिद्यार्थीस्तरमा रहदा शीपमूलक काम भन्दा पनि साधारण कामहरु गर्नु पर्ने बाध्यता भएको हुदा आफ्नो कामको प्रकृती र अप्ठ्यारा हरुको बारेमा एक अर्कालाई खुल्ला रुपले बताईदियो भने पनि समस्याले शंका उत्पन्न गर्न दिदैन ।
फाइनान्समा पि एच डी गर्दै गर्नु भएका तथा सिड्नीमा आफ्नो ब्यबसाय संचालन गरेर बस्नु भएक युवा ब्यबसायी किरण थापाको बिचारमा अर्थ पनि सम्बन्ध बिच्छेदको मुख्य कारण हो । ब्याङ्कमा वा अचल सम्पती भएर पनि दिनहुँ जीवनयापनको लागि नगदको अभाब भै रह्यो भने घरमा कहिल्यै पनि शान्ति हुदैन । अत: अर्थको उचित ब्यबस्थापनले पनि श्रीमान-श्रीमतीको सम्बन्ध सुमधुर रहिरहन मद्धत गर्दछ ।
यौन असन्तुस्टी पनि सम्बन्ध बिच्छेदको अर्को कारण हो । नाम खुलाउन नचाहने ३२ बर्षीया एक महिलाका अनुसार श्रीमान र श्रीमती बिच यौन असन्तुस्टी रही रह्यो भने सम्बन्ध चिसिदै जान्छ । मान्छे यौनिक प्राणि भएको हुँदा, व्यस्तताका बाबजुद यो कुरालाई पनि मनन गरि ब्यबस्थापन गर्नु जरुरी हुन्छ ।
१० बर्षदेखि बिबाह बन्धनमा बाँधिदै आएकी झापाकी सम्झनालाई भने सामान्य कुराहरुले श्रीमान र श्रीमतीबिचको सम्बन्धलाई मजबुत बनाउछ भन्ने लाग्छ । बिबाह भएदेखि अहिलेसम्म घरबाट निस्किने बेलामा हामी एक अर्कालाई चुम्बन गरेर निस्किन्छौ, उनि हाँस्दै भन्छिन् – एक अर्कालाई मायाले सम्बोधन गर्ने ” आत्मीय सम्बोधन ” पनि अझै छ । एउटै कोठामा बसे पनि भेटघाट दुर्लभ रुपमा हुन्छ तर जतिपटक भेटघाट हुन्छ, त्यो समय हामी साथीभाइलाई होइन एक अर्कालाई दिन्छौ, सायद त्यसैले हुन सक्छ, अहिलेसम्म झगडा र मनमुटाब भएको छैन् । हेर्दा सामान्य लाग्ने तर आत्मीय कुराहरु अटुट रुपमै रहिरह्यो भने सम्बन्ध पनि आत्मीय रहिरहन सक्छ ।
बच्चा भै सकेका दम्पतीहरुले बच्चा हुर्काउँदा श्रीमतीले पनि बचेको समय श्रीमानलाई दिने र श्रीमान्ले पनि श्रीमतीलाई सहयोग गर्ने बानीको बिकास गर्यो भने मात्र सम्बन्ध गाढा र सम्मानजनक हुँदै जान्छ । प्रायः श्रीमानहरु बाहिरको काम गर्ने र घरमा बच्चा हुर्काउन श्रीमतीलाई मद्दत नगरे र श्रीमतीहरु २४ घण्टा बच्चासंग रहँदा रहँदा तनाब ग्रस्त, आर्थिकरुपले एक प्रकारको हीनताबोधले ग्रसित भएर झर्कोफर्को गरि रहने देखिदै आएको छ । यसमा पनि दुवै जनाले सचेत हुन जरुरी छ ।
डोरी कमजोर भयो भने
लोग्ने स्वास्नीको सम्बन्धको डोरी स्वर्गमै बनेको हुन्छ भन्ने मान्यतामा हुर्कीएका हामी नेपालीहरुलाई सम्बन्ध बिच्छेद भने शब्दले चसक्क घोच्छ । आफ्नो परिवारमा मात्र होइन आफूले चिनेको कोही दम्पतिको सम्बन्ध बिच्छेद भयो भने पनि हामी एकपल्ट नराम्ररी विथोलिन्छौ ।
सामान्यरुपले आउने कुराहरुलाई बुद्धिमतापूर्वक सामाना गर्दै जानुपर्छ । दुवै पक्षले आफूमा भएका कमजोरीहरुलाई र आफूमा भएका अबगुणहरुलाई सुधार्दै गयो भने सम्बन्धको डोरी कसिदै जान्छ । तर जिन्दगीमा आफ्नो साथीबाट सधैं तनाब , उपेक्षा , हिँसा र छल मात्र पाई राखियो भने त्यो सम्बन्ध्को डोरीलाई सधै बोकेर हिड्नु जरुरी छैन । एक पल्ट पाउने जिन्दगी सम्झौतै सम्झौताको महल हुन सक्दैन । सबै मानिसलाई खुसि हुने मौलिक स्वतन्त्रता छ । एउटा सम्बन्धको डोरी टुट्यो भने फेरी अर्को मोडमा अर्को सम्बन्धको मजबुत डोरी बाटीन सक्छ । आफूले आफ्नो साथीलाई र आफूलाई समेत खुसि हुने निकास प्रदान गर्नु पनि कर्तब्य नै हो । रात दिन झगडा र झूटको समबन्ध देखाउनको लागि कायम गर्नु भन्दा सत्यलाइ स्विकार गरेर एक अर्कालाई निकास दिनु राम्रो हुन्छ ।
अस्ट्रेलियामा सम्बन्ध बिच्छेद कसरी गर्ने ?
शैक्षिक परामर्शदाता ( एजुकेशन कन्सल्टेन्सी ) हरुले पनि वकिल राखेका हुन्छन् । ४ वटा कन्सल्टेन्सीमा सम्पर्क गर्दा उनीहरुले आफूले राखेका वकिलहरुले सम्बन्ध बिच्छेद गर्न चाहनेहरुलाई आबश्यक कानूनी सहयोग गर्ने जानकारी गराए पनि यस बापत कन्सल्टेन्सीले कुनै फाइदा नलिने भएकाले नाम उल्लेख नगरिदिन आग्रह गरे । सिड्नीमा कुनै पनि नेपाली वकिलले बैवाहिक मामिलामा पैरबी नगर्ने गरेको पाइयो । एउटा एजुकेसन कन्सल्टेन्सीमा कानूनी परामर्श दिइरहेका भारतीय वकिलले सम्बन्ध बिच्छेद गर्न सरकारी दस्तुर ५५० डलर तिर्नु पर्ने बताए । त्यस बाहेक वकिलको फी छुट्टै तिर्नुपर्छ जुन वकिलअनुसार फरक फरक हुने गर्छ । अस्ट्रेलियामा आबेदन दिएको ३ देखि ६ महिना सम्ममा समबन्ध बिच्छेद हुन्छ भने सम्बन्ध बिच्छेद भएको एक महिनापछि मात्र अर्को बिबाह गर्न पाइने प्रवाधान छ ।
याद राख्नु पर्ने कुरा
सम्बन्ध बिच्छेद हुने अबस्थासम्मको अबधि श्रीमान् श्रीमती दुबैका लागि अत्यन्त कस्टकर हुन्छ । सकिन्छ भने यसबाट जोगिन नै प्रयत्न गर्दा राम्रो हुन्छ, यदि आफूले शत प्रतिशत प्रयास गर्दा पनि सम्बन्ध सुध्रिएन भने आफू र आफ्नो साथी दुबैको लागि निकास राम्रो हुन्छ । केहि समयको लागि सम्बन्ध बिच्छेद नै नगरी छुट्टिएर बस्यो भने पनि एक अर्काको महत्व महशुश हुन सक्छ । यदि सम्बन्ध बिच्छेद भै नै हाल्यो भने पनि आफ्नो पूर्वसाथीलाई मानसिक वा अरु कुनै पनि प्रकारको दुःख दिनु अमानबिय कार्य हो । प्रलोभनमा परेर अति तुच्छ स्वार्थ पुरा गर्न मात्र सम्बन्ध बिच्छेद गर्नु भनेको कायरता र मुर्ख्याई दुवै हो । अरुलाई हानी मात्र गर्छु भन्यो भने प्रकृतीको नियमअनुसार आफूले पनि नराम्रो सजाय भोग्नै पर्छ । अत: सम्बन्ध बिच्छेद नहुनु राम्रो, हुनु नै पर्यो भने पनि सम्बन्ध बिच्छेद दुर्घटना होइन निकास बन्नु पर्छ ।
( नोट : यो लेख बैज्ञानिक सर्वेक्षण गरेर अध्ययन गरि तयार पारिएको लेख होइन , यो एउटा सामाजिक अध्ययन र चिन्तनपरक लेख भएको हुदाँ आंकडा र तथ्यहरु दुरुस्त गर्न नसकिएको जानकारी गराउँदछु , तथापि करिब १५ वटा जति सम्बन्ध बिच्चेदका घटनाहरुको सामाजिक अध्ययन र केहि व्यक्तिहरुको निजात्मक अनुभबहरुको आधारमा तयार गरिएको हो )

No comments:
Post a Comment