Main Option :
Saturday, 26 May 2012
सिड्नीबाट नयाँ नेपाली म्यागजिनको प्रकाशन सुरु +977
सिड्नी । अष्ट्रेलियाको प्रमुख व्यापारिक शहर सिड्नीमा केन्द्रीत रहेर नयाँ नेपाली म्यागजिन प्लस नाईन डबल सेवेनको प्रकाशन सुरु भएको छ । अष्ट्रेलियामा रहेका नेपाली युवा वर्गलाई लक्षित गरेर प्लस नाईन डबल सेवेन प्रालिले म्यागजिन प्रकाशनमा ल्याएको हो । सिड्नीको लिभरपुल स्ट्रीट स्थित भि बारमा बिहिबार साँझ नेपाली युवा तथा समुदायका अन्य अग्रज व्यक्तीहरुको उपस्थितीमा म्यागजिन र्साजनिक गरिएको हो । सिड्नीमै रहेर चाटर्ड एकाउन्टेन्सी पढ्दै गरिरहेका कुशल केसी उक्त म्यागजिनको प्रकाशक तथा फाउन्डर हुन् भने सोही विषय अध्ययन गरिरहेका इर्शाद अहमद म्यानेजर तथा कोफाउन्डर हुन् ।
अष्ट्रेलियामा पनि नेपाली युवावर्गले गरेका कामहरुलाई प्रकाशमा ल्याउनु र प्रोत्साहन गर्नु म्यागजिनको प्रमुख उद्देश्य रहेको कुशलले बताए ।अष्ट्रेलियामा हाल केहि समाचारपत्र प्रकाशनमा रहेपनि युवावर्गमा विशेष रुपले केन्द्रीत रहेर केही नेपाली साथीहरुको सहयोगमा प्रकाशन थालेको कुरा केसीले अनलाइनखबरलाई जानकारी दिए । मासिकरुपमा प्रकाशन हुने उक्त म्यागजिनले विदेशमा रहेका नेपालीको अवस्थाबारे सुसुचित गराउनुका अलावा नेपालमै रहेर पनि केहि गरौं भन्ने अभिप्राय बोकेका युवाहरुलाई प्रोत्साहन गर्नु पनि आफ्नो लक्ष्य भएको कुशलले सुनाए ।
नेपालीहरुले जहाँ रहेतापनि नेपालीहरुका विभिन्न कामहरुको सम्मानित प्रचार गराउने काम म्यागजिनले गर्नेछ । यसका साथै विविध लेखहरु,अन्तरवार्ता,स्तम्भ,खेलकुद,स्वास्थ्य,मनोरञ्जनका अतिरिक्त अन्य रोचक सामाग्रीहरु पनि समेट्ने कुरा कुशलले अनलाइनखबरलाई बताए ।
हाल म्यागजिनको लक्षित वर्ग अष्ट्रेलियामा रहेको नेपाली समुदाय भएपनि भविष्यमा यसलाई अमेरिका,यूरोप र खाडी मुलुकहरुमा समेत पुर्याउने लक्ष्य म्यागजिनले लिएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment