Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 16 January 2012

जुनसुकै बेला पनि भूईंचालो जाने खतरा

विसं. १९९० सालको भूइँचालोले व्यापक जनधनको क्षति पुर्‍याएको दिनको सम्झना गर्दै हरेक माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइन्छ । भूकम्पको जोखिम र यसको सचेतनाबारे ठूलाठूला कुरा हुन्छ । भवन निर्माण आचारसंहिताको बारेमा पनि बहस हुन्छ । तर केहीले घर-भवन बनाउँदा भूकम्पीय प्रतिरोधलाई ख्याल गरेजस्तो गरे पनि अरुबेला भूकम्पबाट सचेत हुनेबारे न कसैले सम्झन्न भ्याउँछ, न भ्याउने र त्यही काम हुनेले पनि सम्झाउँछन् । नेपाल उच्च जोखिममा विज्ञहरुका अनुसार नेपालमा जुनसुकै बेला पनि बिनाशकारी भुईंचालो जान सक्छ । ‘यतिबेलै पनि विनाशकारी भुइँचालो गएर ठूलो क्षति पुर्‍याउने खतरा छ’ प्रकोप पूर्वतयारी संजाल नेपालका संयोजक डाक्टर मीन पौडेलले भन्नुभयो । दक्षिणतर्फको भारतीय भौग्ार्भिक प्लेट र उत्तरतर्फको तिब्बतीयन भौगर्भिक प्लेटको निरन्तरको घर्षणले उत्पन्न हुने भौगर्भिक अस्थिरताका कारण नेपाल भुइँचालोको उच्च जोखिममा छ । भूकम्पीय हिसाबले नेपाल विश्वको ११ औँ जोखिमपूर्ण देश र काठमाडौँ उपत्यका पहिलो स्थानमा छ । ९० सालकै जत्रो भूइँचालो जाने भने काठमाण्डौँमा मात्रै एकसयमा ६० वटा घर भत्किने र झण्डै १ लाख मानिसको ज्यान जाने तथा लाखौं घाइते हुने विज्ञहरुले चेतावनी दिइरहेका छन् । विश्वमा सानाठूला गरी वर्षमा झण्डै पाँच लाख भूकम्प हुन्छन् । त्यसमध्ये १ लाख वटा भुइँचालो मात्र मानिसले थाहा पाउने गरी धक्का दिने खालका हुन्छन् । विश्वमा १-२ वर्षमा भने ८ रेक्टर स्केलभन्दा माथिका भूइँचालो जाने गरेको छ । नेपाललगायत दक्षिण एशिया, दक्षिणपुर्वी एशिया, मध्यपूर्व तथा युरोपका केही भागसमेत भूकम्पीय जोखिममा रहेको अलपाइड हिमालय क्षेत्रमा पर्छन् । यस क्षेत्रमा बेलाबेलामा निकै भयानक भूइँचालो गएर ठूलो धनजनको क्षति गर्ने गरेको छ । पृथ्वीमा हुने भूइँचालोमध्ये सयमा सत्रवटा भूइँचालो यही क्षेत्रमा जाने गरेका छन् । त्यस्ौले भूइँचालोबाट जोगिने पूर्वतयारीका लागि तत्कालिनदेखि लिएर दीर्घकालीन रणनीति आवश्यक रहेको भुकम्पविद् सोमनाथ सापकोटा बताउनुहुन्छ । खै त सावधानी ? माथिको तथ्याङ्कले नै प्रष्ट पार्छ, नेपाल भूकम्पीय हिसाबले निकै जोखिममा छ । भूकम्प आउन लाग्यो भन्ने कुरा पहिल्यै थाहा पाउन नसकिने भएकाले जुनसुकै बेला पनि आउन सक्छ भनेर सेचत हुनुपर्ने हो । तर यतिधेरै खतरा हुँदाहुँदै पनि सावधानीका उपाय अपनाएको देखिँदैन । भवन निर्माण आचार संहिता भएपनि त्यसको कार्यान्वयन हुन सकेको छैन भने सहरीकरण गर्दा भुइँचालो लगायतका प्राकृतिक प्रकोपबाट हुनसक्ने क्षतिलाई ध्यान दिएको पाइँदैन । ’यस्तै असावधानीका कारण भुकम्पबाट हुने क्षतिको जोखिम बढेको छ’ भूकम्प प्रविधि राष्ट्रिय समाजका उप कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले भन्नुभयो । शहर र सदरमुकामहरुमा बाक्लिँदै गएका वस्ती र कमजोर घरहरु नै भूकम्पका बेला सबैभन्दा जोखिममा हुन्छन् । सरकारले २०६४ सालदेखि काठमाडौँलगायतका मुख्य शहरहरुमा घर बनाउँदा निश्चित आचारसंहिता पूरा गर्नै पर्ने व्यवस्था गरेको छ । तर धेरैले यो व्यवस्थाको ख्याल गरेको पाइन्न ।

No comments:

Post a Comment