Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday, 30 April 2011

अस्ट्रेलियामा नेपाली महिलाको मृत्यु

दिलीप पौडेल, बाग्लुङ, वैशाख १६- अस्ट्रेलियामा भएको कार दुर्घटनामा एक नेपाली महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा सालिजा-४ भोटेडाँडा, पर्वतकी ५० वर्षीया अम्बिका सुवेदी छिन्। बिहीबार राति अस्ष्ट्रेलियाको रक्याउन्टेन शहरमा विपरित दिशातर्फबाट आएको कारले ठक्कर दिँदा मृत्यु भएको मृतकका भाइ घनश्याम रिजालले जानकारी दिए।
सुवेदीका पति डा. फूलप्रसाद सुवेदी अस्ट्रेलियाकै एक विश्वविद्यालयमा प्राध्यापन गर्ने भएकाले मृतक सुवेदीको अस्ट्रेलियामा नै दाहसंस्कार गरिने रिजालले बताए। अम्बिका पति, एक छोरा र दुई छोरीसहित अस्ट्रेलियामा बस्दै आएकी थिइन्।

No comments:

Post a Comment