Main Option : Watch live cricket,football,FM,T.V and download music

Friday, 29 April 2011

नेपाली सांगीतिक टोली बेलायतमा ‘फरार'

 काठमाडौं, वैशाख १६ (नागरिक) - बेलायतको ‘कर्नवाल इन्टरनेसनल मेल भ्वाइस कोरल फेस्टिभल'मा भाग लिन गएका नेपाली गायक तथा संगीतकार स्थानीय हिथ्रो विमानस्थलबाट ‘भागेको' बीबीसी वेबसाइटले जनाएको छ। फेस्टिभलमा नेपालबाट १० जनाको टोली गएको र विमानस्थलमा लिन गएका आयोजकले नभेटेको समाचारमा उल्लेख छ।
फेस्टिभल अध्यक्ष डेभिड पिटर्सले भनेका छन्, ‘अध्यागमन अधिकारीलाई जानकारी गराइएको छ। र, उनीहरूले यसबारे अनुसन्धान गरिरहेका छन्। मंगलबार कलाकारलाई लिन फेस्टिभलको मिनिबस विमानस्थल पुग्दा उनीहरूलाई नभेटेको जनाइएको छ।

अध्यक्ष पिटरले सहभागी सबै देशका टोलीलाई हिथरो भन्ने ठाउँमा भेला गराएको र नेपाली टोली भागेको आरोप लगाएका छन्। ११ देशका ६० कलाकारका समुह सहभागी हुने भनिएको फेस्टिभलमा नेपालको तर्फबाट ‘नेपालय लोक कला मञ्च'का कलाकार रहेको आयोजकको वेबसाइटमा उल्लेख छ,
नेपालको टोलीमा संगीतकार लक्ष्मण शेष लगायतका कलाकार रहेको बुझिएको छ। मञ्चको संगीतकारमा उनको नाम उल्लेख छ। लक्ष्मण बेलायत गएको थाहा पाए पनि उनी भागेको विषयमा केही थाहा नपाएको उनका निकट व्यक्तिहरूले नागरिकसँग बताए।

‘उहाँ बेलायत जानु भएको हो र ९-१० दिनपछि फर्कने बताउनु भएको थियो,' लक्ष्मण नजिकका एक कलाकारले भने, ‘नेपालको लोकगीत प्रस्तुत गर्न जाने भन्नुभएको थियो। टिममा को को हुनुहुन्छ भनेर सोध्दा सबै आफ्नो क्षेत्रमा स्थापित हुन्। तर, तपाईं चिन्नुहुन्न भने।'

No comments:

Post a Comment