Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday, 14 June 2011

विदेशमा वसेका नेपालीले कसरी लिने MRP ?

  1. विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले राहदानीको लागि नजिकको नेपाली नियोगमा निवेदन दिन सक्नेछन् ।
  2. दफा (१) बमोजिम प्राप्त भएका निवेदनहरुलाई नियोगले नागरिकताको प्रमाणपत्रको सक्कल वा पूरानो राहदानीसँग भिडाइ निवेदकले भरेको फाराम नियमावली तथा यस निर्देशिका बमोजिम पर्ूण्ा, प्रष्ट र बुझिने गरी भरे नभरेको रुजू गरी, रीत नपुगेको भएमा रीत पुर्‍याउन लगाउनुपर्नेछ ।
  3. नियमबमोजिम नयाँ राहदानी लिनुपर्दा वा म्याद समाप्त नभएको हस्तलिखित राहदानी बुझाइ मेसिन रिडेवल राहदानी लिन नियोगमा निवेदन दिँदा पूरानो राहदानीको सक्कलको अतिरिक्त नियोगको सम्बन्धित अधिकारीले निवेदकको नागरिकताको सक्कल प्रति पेश गर्न लगाउन सक्नेछ । त्यस्तो अवस्थामा आवश्यक देखिएमा उक्त नागरिकताको सत्यताबारे सम्बन्धित निकायबाट यकिन भएपछि मात्र राहदानी निवेदन उपर कारवाही अगाडि बढाउन सकिनेछ ।
  4. रीतपर्ूवक प्राप्त निवेदनमा नियमावलीले तोकेबमोजिमको राजश्व बुझी एक प्रति रसिदरभौचर निवेदकलाई दिने, दोस्रो प्रति निवेदन फाराम साथ संलग्न राखी कार्यालयमा पठाउने र तेस्रो प्रति नियोगको फाइल अभिलेखमा राख्नुपर्नेछ ।
  5. दफा (२), (३) र (४) तथा नियमावलीको नियम ७ बमोजिम नियोग समक्ष परेको निवेदन फाराम साथ प्राप्त कागजात छानविन गर्दा राहदानी जारी गर्न मनासिव देखेमा सो को अभिलेख राखी फाराममा उल्लिखित विवरण प्रमाणित गरी सिफारिस सहित एक प्रति सक्कल निवेदन तोकिएबमोजिमको फोटो २ प्रति तथा निवेदन फाराम साथ संलग्न कागजपत्रको प्रमाणित प्रतिलिपि कूटनीतिक थैली मार्फत कार्यालयमा पठाउनुपर्नेछ ।
  6. दफा (२) वा (५) बमोजिम प्राप्त राहदानीको निवेदन उपर छानबिन गर्दा आवश्यक कागजात पर््रयाप्त नभएकोले निवेदकलाई राहदानी जारी गर्न उपयुक्त नहुने भएमा सो को जानकारी नियोगले निवेदकलाई निवेदन दर्ता गर्दाकै बखत दिनुपर्नेछ । निवेदन साथ आवश्यक कागजपत्र पेश नगरेको अवस्थामा निवेदकलाई चाहिने कागजपत्र पेश गर्न लगाउनुपर्नेछ ।
  7. नियोगले दफा (४) बमोजिम सिफारिस सहित निवेदन तथा कागजातहरु कार्यालयमा पठाउँदा राहदानीको लागि परेका निवेदन उपर छानविन समाप्त भएको मितिले सामान्यतया एक हप्ता भित्र पठाइसक्नु पर्नेछ । पठाउने समय तालिका नियोगमा प्राप्त निवेदन संख्या, उपलब्ध उडान तालिका समेतलाई ध्यानमा राखी नियोग स्वयंले निर्धारण गरेबमोजिम हुनेछ ।
  8. माथि उल्लेख गरेबमोजिम नियोगहरु मार्फत प्राप्त हुन आएका निवेदन उपर कार्यालयले मेशिन रिडेवल राहदानी तयार गरी कूटनीतिक थैली मार्फत सम्बन्धित नियोगमा पठाउनेछ । त्यसरी प्राप्त भएका राहदानीहरुमा नियोगको सम्बन्धित अधिकारीले जारी गर्ने अधिकारीको रुपमा आवश्यक दस्तखत गरी निवेदकलाई राहदानी जारी गरी भरपाइ फाइल संलग्न राख्नुपर्नेछ ।
  9. नियमावलीको नियम ११ को उपनियम (२) बमोजिम निवेदकले कार्यालयबाट नै राहदानी बुझिलिन चाहेमा निवेदकको पहिचान हुने विवरणको प्रतिलिपि लिई सम्बन्धित निवेदकलाई कार्यालयबाट राहदानी प्रदान गर्न सकिनेछ ।
  10. केन्द्रीय राहदानी कार्यालय र नियोगहरु बीच नेटवर्किङ गरी विद्युतीय माध्यमबाट राहदानी निवेदन फाराम तथा अन्य सूचनाहरु संकलन गर्ने कार्य प्रारम्भ भएपछि त्यसको जानकारी सरोकारवाला सबैलाई दिइनेछ । विद्युतीय माध्यमबाट राहदानी निवेदन फाराम संकलन गर्ने सम्बन्धी कार्यविधि पछि तोकिएबमोजिम हुनेछ ।

No comments:

Post a Comment