इटहरी, अषाढ १९ - धरानको विभिन्न वडामा सञ्चालित होटलहरुमा प्रहरीले छापा मारेर ती होटलबाट अश्लील गतिविधिमा संलग्न भएका चार जोडी र होटल सञ्चालिकाहरुलाई नियन्त्रणमा लिएको छ ।
दिनदहाडै होटलमा अश्लील कार्य भइरहने गरेको सूचनाका आधारमा प्रहरीले ती होटलमा छापा मार्दा अश्लील कार्य गरिरहेका जोडीहरु फेला परेपछि प्रहरीले ती जोडीसहित दुई होटल सञ्चालिकाहरुलाई समेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केशव भट्टराईले जानकारी दिए ।
सादा पोशाकमा गएको प्रहरीको टोलीले धरान–१३ मा रहेको सिंहपुरे होटल, डुकु होटल र रिहा रेष्टुरेंन्टमा पनि छापामा मारेको प्रहरीले बताएको छ ।
प्रहरी नायब निरीक्षक राजेन्द्र विष्टको कमाण्डमा गएको प्रहरीले इटहरीका रञ्जनकुमार सिंह, सीता न्यौपानेलाई पक्राउ गरेको थियो । त्यसैगरी धरानका प्रेमकुमार लिम्बू, रीना राई, विराटनगरका मनिष कार्की र शशी महत सिन्हा तथा रिहा रेष्टुरेन्टकी सञ्चालिका रचना तामाङ र सिंहपुरेकी सञ्चालिका तारा श्रेष्ठसमेतलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए ।
पक्राउ परेका सबैलाई सार्वजनिक अपराध ऐनअन्तर्गत कानुनी कारबाही चलाउने तयारी भइरहेको पनि इलाका प्रहरी कार्यालय धरानले जानकारी दिँदै धरान नगर क्षेत्रका अरु होटल तथा रेष्टुरेन्टहरुमा पनि छापा मार्ने तयारी भइरहेको जनाएको छ । रासस
No comments:
Post a Comment