चीनले संभाबित कुनै पनि युद्धका लागि आफूलाई तयारी हालतमा राख्ने भएको छ। तत्काल चीनका लागि बाहिरी रुपमा हेर्दा त्यस्ता कुनै युद्धका खतराहरु देखिएका छैनन् तर उसले भित्रभित्रै युद्धको तयारी गरेका कारण कुनै संभाबित खतरालाई अनुमान गर्न सकिन्छ। चिनियाँ राष्ट्रपति हु जिन्ताओले युद्धका लागि तयार रहन चिनियाँ सेनालाई निर्देशन दिनुभएको अन्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्। सेनाका अधिकारीहरुको बैठकलाई हालै एक कार्यक्रममा सम्बोधन गर्दै हुले सैन्य क्षमता विस्तार गरी युद्धको दीर्घकालीन तयारी गर्नआग्रह गर्नुभएको हो। हुले सेनालाई तीब्र गतिमा रुपान्तरण तथा आधुनिकीकरण गर्नआवश्यक रहेको भन्दै राष्ट्रिय सुरक्षाको लागि कुनैपनि प्रकारको सैनिक संघर्षका लागि तयार रहन निर्देशन दिनुभएको थियो। पछिल्लो समय साउथ चाइना सी को सीमाविवाद तथा अमेरिकासाग राजनीतिक तनाव बढ्दै गएका बेला चिनियाा राष्ट्रपतिको पछिल्लो भनाई बाहिर आएको छ। हुन त पश्चिमा राष्ट्रहरुले चीनको प्रभुत्व रहेका खाडीका राष्ट्रहरुमा एकपछि अर्को आक्रमण जारी राखेकाले पनि चीनले युद्धको आश्यक तयारी गर्नु परेको हुन सक्छ। उत्तर कोरिया बिरुद्ध अमेरिकी र बेलायती कारबाही जारी छ भने चीनको निकट रहेको मानिएका बर्मा, पाकिस्तान र अफगानिस्तान लगायतमा अमेरिकाले आफ्नो गतिबिधि बढाउँदै लगेको छ।
ताइवान मामिला दिन प्रतिदिन पेचिलो बन्दै गएको छ। ताइवानलाई पश्चिमा राष्ट्रहरुले आर्थिक र अन्य सहयोगहरु त गरेकै छन्, अब हातहतियारहरु पनि उपलब्ध गराउन सक्ने कतिपय संकेतहरु देखिएका छन्। त्यसैगरी तिब्बत मामलामा पनि भारत र अमेरिका निक्कै अगाडि बढेको ठानिएको छ। नेपालमा तिब्बतिहरुलाई नागरकता उपलब्ध गराउने सम्मको प्रयास उनीहरुबाट भैरहेको छ। तिब्बतीहरुले नेपाल लगायत बिश्वका बिभिन्न मुलुकमा चीनको बिरोध गर्दै आत्मदाह गर्न गरेको प्रयासले पनि चीनको ध्यानाकर्षण गरेको हुन सक्छ। केही कथित क्रान्तिकारीहरुलाई प्रयोग गरेर नेपाललाई जातीय आधारमा बिभाजन गराउन सकेको खण्डमा त्यसको प्रत्यक्ष असर चीनमा समेत पर्न सक्ने पश्मिहरुको आंकलन रहेको देखिएको छ। त्यसका लागि उनीहरुले नेपालमा मात्रै अर्बौ डलर लगानी गरिसकेका छन्। फिलिपिन्स र भियतनामले साउथ चाइना सी क्षेत्रमा चिनले सीमा उल्लंघन गरेको आरोप लगाउने गरेका छन्। त्यसका पछाडि पनि चीन बिरोधी शक्ति राष्ट्रको हात रहेको हुनसक्छ। चिनियाँ राष्ट्रपतिको भनाईप्रति टिप्पणी गर्दै अमेरिकाले चीन प्रतिरक्षात्मक अवस्थामा रहेको बताएको छ। त्यसैले पनि चीनका लागि सैनिक शक्ति सुदृढिकरणका लागि घचघच्याएको हुन सक्छ। चीनले आर्थिक समृद्धिसागै सैनिक समृद्धितर्फ लागेको पनि कतिपयको ठम्याई रहेको छ।
चीनले भारतको हिमाञ्चल प्रदेशका साथै नेपालसागको सीमामा आफ्नो सैनिक गतिबिधिहरु बढाएको छ। नेपालमा माओबादी र मधेशी दलहरुको भारतीय कठपुतली सरकार गठन भएपछि चिनियाँहरुको चासो पनि क्रमशः नेपालतर्फ केन्द्रीत हुँदै गएको स्पष्ट देख्न सकिन्छ। त्यसैका लागि उच्च राजनीतिक र सैनिक अधिकारीहरुको भ्रमणपछि चीनका प्रधानमन्त्रीले नै नेपालको भ्रमण गर्न लाग्नु भएको छ। चीनले नेपालको सार्बभौमिता र अखण्डतामा आँच आएर आफू चुप लागेर नबस्ने भनी बारम्बार अभिब्यक्ति दिनुका पछाडि पनि सुरक्षाकै प्रश्न रहेको छ। चीनले सुरक्षा चासो बढाउँदै लगेको र युद्धका लागि सैनिक तयारी गर्दै गरेको अबस्थामा पनि नेपालले सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्न सकेन भने नेपालले बाच्छाको मिचाई भोग्नुपर्ने पनि हुन सक्छ। त्यसैले नेपालका शासक मात्र नभएर प्रतिपक्षमा बसेका र संविधानसभा बाहिर रहेका दलहरुले पनि चीनको सैनिक तयारीका बारेमा चासो राख्नु जरुरी छ।

No comments:
Post a Comment