आफुलाई फरक धारका नेताका रुपमा स्थापित गर्न खोज्ने तर केही गर्न नसक्ने प्रधानमन्त्री डा.बाबुराम भट्टराईले भ्रष्टाचारमा बोर्डफस्ट भएर मधुमास मनाएका छन्। सस्तो लोकप्रियताका पछाडि लाग्ने तथा राज्यसंयन्त्र सुधारमा केही गर्न नसक्ने डा.भट्टराईले वास्तवमै जनतालाई निराश बनाएका छन्।
डा.भट्टराई प्रधानमन्त्री भएलगत्तै उनीमाथि शुभेच्छा व्यक्त गर्नेमा अन्य पार्टीमा आबद्ध व्यक्तिहरु समेत थिए। अर्थात् घुसखोरीमा रमाएको नेपालको प्रशासनलाई सुधारेर जनताको सेवालाई उनले केही सुधान गर्न सक्छन् भन्ने विश्वास धेरैमा थियो। प्रधानमन्त्री नियुक्त भएको पहिलो महिना उनले अपेक्षाअनुरुप काम खोजे। करोडका गाडि खोज्ने पूर्वप्रधानमन्त्रीहरुलाई चुनौती दिदै नेपालमै बनेको मुस्ताङ गाडि चढेर उनले सुशासनको एउटा सन्देश दिन खोजे। त्यसमा उनी केही हदसम्म सफल भए। सुशासनका लागि दृढ भएर काम गर्न उनले कर्मचारी नेतृत्वलाई निर्देशन दिए।
प्रधानमन्त्रीका रुपमा उनको पहिलो महिना वास्तवमै उत्साहजनक थियो। जनताको हौसला बढाउने काम उनले गरेका थिए। संचारमँध्यमहरुले उनकै प्रशंसामा धेरै समय खर्चिए।
तर दोस्रो महिनाबाट उनलाई पनि कुर्सीको मोहले गाज्न थाल्यो। जनताको अपेक्षा समात्न सकेनन्। प्रधानमन्त्री कार्यालयमा आवश्यकताभन्दा धेरै कार्यकर्तालाई नियुक्त गरेको भन्दै उनको आलोचना सुरु भयो। चियाखर्चमा मात्र उनले २७ लाख त फजुल खर्च गरे त्यसमा पनि आधा भ्रष्टाचार भएको थियो।
सरकारमा बदनाम व्यक्तिलाई उनले समाहित गरे। गृहमन्त्री विजयकुमार गच्छादार, प्रभु शाह, ओमप्रकाश यादब, महेन्द्र यादब, हृदयश त्रिपाठी, राजेन्द्र महतोजस्ता व्यक्तिलाई
राज्यको साँचो बुझाएर सुशासनका कुरा गर्नु उनका लागिब सोभनिय थिएनन्। नेपाल प्रहरी उनै भट्टराईको समयमा राजनीतिक रुपमा सबैभन्दा प्रताडित बन्न पुग्यो।
एक महिनाअघिको उनको वातावरण ठिक उल्टो भयो। संचारमाध्यमहरु एकाएक उनको आलोचनामा उत्रिए। त्तर पनि भट्टराई त्यसलाई सुधार्न लागेनन्।
उनको यो एक सय दिनको मूल्याङकनमा यही कारण उनी फेल भएका छन्। तर सधै बोर्डफस्ट हुने डा.भट्टराईले प्रधानमन्त्रीको रुपमा भने बोर्डफस्ट हुन सफल भएका छैनन्। बरु भ्रष्टाचारमा उनी बोर्डफस्ट भएका छन्। किनकी उनले सुशासन र सुरक्षाको लागि धेरै काम गर्नु छ। केही सातायता सुरक्षाको अवस्थामा दिनप्रतिदिन खस्किदै गएको छ। सुरक्षाको माग गर्दै सोमबार ललितपुर बन्द गराइयो । अर्काेतर्फ सरकारी निकायहरुको घुस बिना सेवा नदिने कार्यशैली पटक्कै फेरीएको छैन। राजधानीको ट्राफिक जाम, महंगी जस्ता समस्या जहाँको त्यही छन्। यी विषयमा प्रधानमन्त्रीले ध्यान दिएपनि उनले सफलता पाउन सकेका छैनन्।

No comments:
Post a Comment