Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 12 December 2011

अनारको जुसले राख्छ जवान

अनारको जुस मुटुका रोगी र तनावका विरामीका लागि लाभदायक त हुन्छ नै यसलाई यौनबर्धक पनि मानिन्छ । तर अब अनारको जुसको उपादेयता यतिमा मात्र सिमित छैन यसको नियमित सेवनले छिटो बुढो हुनबाट समेत रोक्दछ ।


स्पेनमा गरिएको पछिल्लो अध्ययनले नियमित अनारको जुस सेवनले सरीरमा डिएनए बुढो हुने प्रक्रियालाई सुस्त बनाउँछ । जसका कारण व्यक्तिमा छिटो बुढ्यौलीका लक्षण देखिँदैनन् ।
अध्ययनका क्रममा अनारको जुस नखाने मानिसहरुमा भन्दा दिनदिनै थोरै भएपनि जुस खाने मानिसमा अरु सारिरिक र मानसिक समस्या पनि कम पाइयो ।
अनारको जुसले छाला, मस्तिष्क, कलेजो तथा मृगौलालाई समेत स्वस्थ राख्न मद्धत गर्ने शोधकर्ताहरुको भनाइ छ ।
अनुसन्धान टोलीका प्रमुख डाक्टर र्सर्जियोका अनुसार अनारको जुस निकै सर्वोत्कृष्ट खाना सूपर फुड हो ।
यसमा भिटामिन ए, भिटामिन सी, भिटामिन इ, तथा आइरन र कोषलाई बुढो हुनबाट रोक्ने एन्टिअक्सिडेन्ट भने तत्व पाइन्छ ।

No comments:

Post a Comment