Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 12 December 2011

निराश मुद्रामा स्वदेश फर्किएको टिम

भारतको नयाँ दिल्लीमा जारी साफ च्याम्पियनशिप फुटबलको सेमिफाइनलबाटै बाहिरिएको टिम स्वदेश फर्किएको छ । साँझ स्वदेश फर्किएको टिमलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फुटबलप्रेमीका साथै फुटबल पदाधिकारीहरु पुगे पनि खेलाडीहरु भने निराश मुद्रामा देखिन्थे । १२ वर्षपछि पहिलो पटक साफ च्याम्पियनशिपको सेमिफाइनलमा पुगेको नेपाली टिमले यसपटक उपाधि नै जितेर फर्कने दावी गरिरहँदा सेमिफाइनलमा राम्रो खेल्दाखेल्दै अफगानिस्तानसंग १÷० ले पराजित भएको थियो । समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको नेपालले बंगलादेशलाई १८ वर्षपछि हराउनसमेत सफल भएको थियो ।
नेपाली टिमका कप्तान सागर थापाले खेल राम्रो भए पनि फिनिसिङ्गमा सुधार गर्न नसकेकोमा हार्न पुगेको बताएका छन् । अबको मुख्य ध्यान स्ट्राइकरलाई सुधार्नमा लगाउने पनि उनले प्रतिक्रिया दिएका छन् ।
यो प्रतियोगितामा स्ट्राइकरले एक गोल पनि गरेनन् । बेलायती प्रशिक्षक ग्राहम रोबर्टस्ले जिम्मेवारी सम्हालेयता राम्रो प्रदर्शन गरिरहेको नेपालले दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जित्ने आशा गरिएको थियो । रोबर्टस् भने नयाँदिल्लीबाटै बेलायत गएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले उपाधि भित्र्याएको खण्डमा टिममा सहभागी सबै खेलाडी र प्रशिक्षकलाई काठमाडौंमा आवास दिने घोषणा गरी नेपाली खेलकुदमा हलचल मच्याएको भए पनि सपना अधुरै भएको छ ।

No comments:

Post a Comment