Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday, 12 December 2011

असुरक्षित यौनमा भारत सबैभन्दा अगाडि

हालै गरिएको एक सर्वेक्षणले विश्वकै सबैभन्दा असुरक्षित यौन सम्पर्क हुने देशहरूमध्ये भारत सबैभन्दा अगाडि देखिएको छ। एक अध्ययनअनुसार पूरा देशमा यौन जीवनमा सक्रिय जोडीमा कमसेकम ७२ जोडी असुरक्षित यौनसम्पर्क गर्नेछ। अन्तर्राष्ट्रिय स्तरको सो अध्ययनअनुसार करिब ४० प्रतिशत युवाले यौनसम्पर्क गर्ने बेला चाहेर पनि कण्डमलगायत अन्य गर्भनिरोधका सामग्रीहरू नपाएको बताएका थिए। ती युवाहरूले सरकारले कण्डमको सहज वितरण गर्ने भन्दै करोडौं रुपियाँ खर्च गर्ने भए पनि आफूहरूले नपाएको गुनासो गरेका थिए। त्यस्तै, ३६ प्रतिशत जोडीले यौन सम्पर्क गर्दा गर्भनिरोधका सामग्री प्रयोग गर्नुपर्छ भन्ने हेक्कै रहेको जानकारी दिएका थिए। गाउँ तथा सहर दुवै ठाउँमा बसोवास गर्ने युवायुवतीहरूबीच गरिएको सो अनुसन्धानका सहभागीहरूले गर्भनिरोधका सामानहरू पाउन निकै कठिनाइ बताएका थिए। कतिपयले साथी तथा परिवारका सदस्यहरूलाई यो विषयमा जानकारी दिन अप्ठ्यारो भएकाले पनि असुरक्षित यौनसम्पर्क गर्ने जोडीहरूको संख्या दिनानुदिन बढिरहेको दाबी गरेका थिए। त्यस्तै, अर्का एकतिहाई युवाहरूले साथीहरूलाई गर्भनिरोधको बारेमा गलत सूचना तथा जानकारी दिएकोले पनि असुरक्षित सम्पर्क गर्न बाध्य भएको अनुसन्धानकर्ताहरूलाई बताएका थिए। असुरक्षित यौनसम्पर्क कम गराई यौन रोगहरू निर्मूल गर्ने उद्देश्यका साथ गरिएको सो सर्वेक्षणमा सहभागी भएकाहरूले गर्भनिरोधका सामग्रीहरूको सरल तथा सहज पहुँचका लागि सरकारले पहल चाल्नुपर्ने सुझाव दिएका थिए।

No comments:

Post a Comment