Main Option :
Thursday, 15 December 2011
पानीबाट गुड्ने कारको आविष्कार
पेट्रोलियम पदार्थको मूल्य दिनानुदिन आकाशिएको वर्तमान अवस्थामा मेरठ (भारत) का एक इन्जिनियरले पानीबाट चल्ने कार विकास गरेको दाबी गरेका छन्।
राकेश गुप्ता नामक इन्जिनियरले दाबी गरेअनुसार उनले ब्राउन ग्यास सिद्धान्तमा आधारित यस्तो उपकरण निर्माण गरेका छन् जसलाई सम्बन्धित इन्जिनका नजिक फिट गरिन्छ र इन्जिन चालू हुनेबित्तिकै यसले आफ्नो काम सुरु गर्छ। 'एक्वा–अक्सी–ए' नाम दिइएको सो उपकरण प्रयोग गरेर उनले पाँच वर्षदेखि फोर स्ट्रोक काइनेटिक नोवा स्कुटरका अलावा एउटा मारुती कार र डिजल इन्जिनवाला इण्डिकासमेत सफलताका साथ चलाएका छन्।
यो उपकरण प्रयोग गरिएको गाडीमा पानीको उपकरण अलग्गै फिट गरिन्छ र पेट्रोलको लाइन बराबर पानीको लाइन पनि बाहनको कार्बोरेटरमा पठाइन्छ। कुनै पनि पेट्रोल या डिजेलवाला गाडीमा सजिलै फिट गर्न सकिने यस उपकरणले इन्जिनमा कुनै क्षति नपुर्याेउने दाबी पनि गुप्ताले गरेका छन्। यसको प्रयोगले इन्जिन चिसो रहने हुँदा इन्जिनको आयु बढ्ने र वातावरण प्रदूषण कम हुनुका साथै ३०–३५ हजारको खर्चमै यो प्रयोग गर्न सकिने पनि बताइएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment