Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 6 December 2011

नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइलनमा


 साफ च्याम्पियनसीपमा नेपालले पाकिस्तानसँग एक–एक गोलको बराबरीमा खेल्दै अंक बाँडेका छन् । यो सँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ ।

भारतको नयाँ दिल्लीस्थित स्टेडियममा भएको खेलमा नेपालले पहिलो हाममा एक गोल गरेको थियो भने दोस्रो हाफमा पाकिस्तानले एक गोल फर्काएको थियो ।

निक्कै प्रतिस्पर्धात्मक खेलमा एक एक अंक बाँडेपछि नेपालको अंक तालिका ५ पुगेको छ भने पाकिस्तानको ३ अंक मात्र पुगेको छ  । अंक तालिका अनुसार नेपाल सेमिफाइनल प्रवेश गरेको हो ।



 नेपाल सन् १९९९ पछि साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग १-१ को बराबरी खेल्दै नेपाल सेमिफाइनल पुगेको हो।


नेपालले बंगलादेशलाई १-० ले पराजित गरेको थियो भने माल्दिभ्ससँग गोलरहित बराबरी खेलेको थियो। नेपालले समूह 'बी'बाट ५ अंक बटुलेको छ। पाकिस्तान (२ अंक) भने बराबरी पश्चात पहिलो चरणबाटै बाहिरिएको छ। 


आजै बंगलादेश र माल्दिभ्सबीच हुने समूहचरणको अन्तिम खेलबाट समूह विजेताको टुंगो लाग्नेछ। माल्दिभ्स २ अंक र बंगलादेश १ अंक लिएर खेल्दैछन्। नेपालले भरत खबासको गोलबाट पहिलो हाफमा अग्रता लिएको थियो। त्यसलाई पाकिस्तानले दोस्रो हाफको तेस्रो मिनेटमा पेनाल्टीमार्फत् खेल बराबरीमा ल्याएको हो। 

No comments:

Post a Comment