यदि तपाइँ अफिसमा काम गर्दा वा घरमै रहँदा पनि लामो समयसम्म कुर्सीमा बसिरहनुहुन्छ भने अब त्यो बानी छाड्नुहोस् । पछिल्लो अध्ययनले लामो समयसम्म बसिरहने बाली स्वास्थ्यको लागि हानीकारक रहेको र त्यस्ता अल्छि मान्छेको आयु सक्रिय सारिरिक रुपमा मान्छेको भन्दा ४० प्रतिशत सम्म कम हुने देखाएको छ ।
१ लाख २३ हजार जनामा गरिएको परिक्षणबाट प्राप्त नतिजा अनुसार बढि बस्ने आदत बाट कर्मचारीहरु बढि पीडित छन् । केही कार्यालयहरुमा कर्मचारीलाई बसिरहने बाध्यताबाट मुक्त गर्न केही हिडडुलका उपाय अपनाइने गरिएको भएपनि अझै यो खतरातर्फ धेरैको ध्यान जान नसकेको अध्ययनकर्ताहरु बताउँछन् ।
मधुमेह विज्ञहरुका अनुसार सामान्यतया बस्नु वा आराम गर्नुलाई स्वास्थ्यका लागि फाइदा जनक मानिन्छ तर धेरै बस्नु भनेको स्वास्थ्यका लागि खतरनाक मात्र होइन , यो एउटा खराब बानीको रुपमा विकाश हुन्छ र मान्छेलाई अल्छि बनाउँछ । यसैबीच बेलायती वैज्ञानिकहरुले पनि हालै कार्यक्षेत्रमा धेरै समय कुर्सीमा बसिरहने बानी स्वास्थ्यका लागि हानीकारक हुने तथ्य पत्ता लगाएका छन् ।
टेबुल वर्क धेरै हुने मानिस कहिलेकाहीँ दिनभरीमा एकचोटी पनि नउँभिने गरेका भन्दै उनीहरुले कामलाई केहीबेर थाँती राखेर भएपनि केहीबेर उभिने र यताउती हिड्नु पर्ने बताएका छन् ।
No comments:
Post a Comment