चितवनका विभिन्न ठाउँमा बुधबार ४ जनाले विष सेवन गरेका छन् । विष सेवन गर्ने मध्ये दुई जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जनाकारी अनुसार विष सेवन गर्नेमा दुई पुरुष र दुई महिला रहेका छन् । त्यस्तै ज्यान जानेमा पनि एक पुरुष र एक महिला रहेका छन् । पुर्वी चितवन रत्ननगर नगरपालिका वार्ड नं ४ सेराकी ५० वर्षीया पार्वती अधिकारी बुधबार दिउँसो ३ बजेर २० मिनेट जाँदा घर भित्र मृत अवस्थामा फेला परेकी छन् । उनले विष सेवन गरेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै पश्चिम चितवन मेघौली गाविस वार्ड नं १ का ३६ वर्षीय देवराज परियारको विष सेवनका कारण मृत्यु भएको छ । प्रहरीले उल्लेख गरेको विवरण अनुसार साँझ पाँच बजे उनले विष खाएका थिए । उपचारका लागि भरतपुर ल्याउँदै गर्दा उनको बाटो मै मृत्यु भएको थियो । विष खाएका अन्य दुई जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।तत्काल अस्पताल ल्याउन नसकेको भए उनीहरुको पनि ज्यान जाने थियो । उपचार भइरहने व्यक्तिहरुमा जुटपानी गाविस वार्ड नं १ की एकजना ४० वर्षीया महिला रहेकी छन् । उनले साँझ सात बजे तिर विष सेवन गरेको प्रहरीले जानकारी दिएको हो । त्यस्तै गञ्जनगर गाविस वार्ड नं ८ का १८ वर्षीय एक युवकले पनि विष सेवन गरेका छन् । |
Main Option :
Friday, 9 March 2012
चितवनमा एकै दिन चार जनाले विष सेवन, दुईको मृत्यु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment