Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday, 16 April 2012

सिड्नी विश्व शान्ति यज्ञमा एक लाख डलर संकलन

गैर आवासिय नेपाली संघ अस्ट्रेलियाले स्थापना गरेको सामाजिक कल्याणकारी कोषको लागि सिड्नीमा विश्वशान्ति महायज्ञ तथा श्रीमद्‌भागवत्‌ पुराण संचालन भैरहेको छ।



चैत २९ गते बिहीबारदेखि शुरु भएको पुराण दिनबन्धु पोखरेलले वाचन गर्दै छन्। रोगव्याधी, दुर्घटना र आपत विपतमा परेका नेपालीलाई सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष स्थापना गरेको एनआरएन अध्यक्ष गणेश केसीले नागरिकन्यूजलाई बताए। कोषमा शनिवार सम्ममा २५ हजार डलर जम्मा भैसकेको पनि जानकारी दिइएको छ।आयोजकले पुराणबाट एक लाख अस्ट्रेलियन डलर संकलन गर्ने लक्ष्य लिएका छन्। सप्ताह बाचक पोखरेलका अनुसार योजना र तयारीका साथ कार्यक्रम गर्न सकियो भने कम्तिमा पनि ३ लाख डलर संकलन हुनेछ। कार्यक्रम अन्तर्गतको पहिलो दिन बिहीबार रात्री भोज सम्पन्न गरिएको छ। शुक्रवार आरति र भजन किर्तन भएको थियो। भागवत पुराण सुन्नका लागि अस्ट्रेलियाका अन्य शहरहरु मेलवर्न, ब्रिसवेन पर्थ र क्यानवेराबाट समेत सहभागीहरु भेला भएको एनआरएन सचिव महेन्द्र ओलीले जानकारी दिए।
यसैबिच शनिवार सिड्नीमा आयोजित विभिन्न धर्म गुरुहरुको उपस्थितिमा महायज्ञको उद्‌घाटन भएको छ। कार्यक्रम उद्‌घाटन गर्दै न्यू साउथ वेल्सका प्रमुख विपक्षी दलका नेता जोन रोवर्ट्सनले यस्ता कार्यक्रमले अस्ट्रेलियाको बहुसांस्कृतिक समाज धनी बन्ने विचार राखे। सानो भएपनि नेपाली समुदाय अस्ट्रेलियामा निकै सक्रिय र फैलदैं गएको प्रतिक्रिया नेता रोवर्ट्सनको थियो।
कार्यक्रममा हिन्दु, बौद्ध, स्लाम र ईसाई धर्मका नेताहरुले श्रीमत भागवत पुराणको सफलताका लागि कामना गरेका थिए।

No comments:

Post a Comment