अध्ययनको शिलशिलामा अमेरिकाको न्युयोर्क पुगेका एक नेपाली विद्यार्थीको आइतवार अपरान्ह मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कको रिजउडमा बस्दै आएका अर्घाखाँची केरुङ्गाका २५ वर्षीय भेषराज पाण्डेको मृत्यु भएको हो ।
रिजउडको आफ्नै कोठामा बेहोस अवस्थामा भेटिएका पाण्डेलाई उपचारका लागि स्थानिय वेकअफ अस्पतालमा मृत्यु भएको हो । उपचारका लागि अस्पताल पुर्याइए लगत्तै पाण्डेलाई चिकित्सकले मृत घोषणा गरेका थिए । मृत्युको कारण भने अझै पुष्टी भइसकेको छैन । मृत्युको कारण खुल्न नसकेपनि उनले आत्म हत्या गरेको हुन सक्ने प्रहरीले प्रारम्भीक अनुमान गरेको छ ।
प्रहरीले पाण्डेको अपार्टमेन्टवाट केही विशात्त औषधी फेला पारेको थियो । अमेरिकामा नर्सिङ पास गरिसकेका पाण्डे करिव ५ वर्ष अगाडि अमेरिका आएका थिए ।
No comments:
Post a Comment