Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday, 28 April 2012

एनआरएनको दोहोरो नागरिकता अन्योलमा


गैरआवासीय नेपालीहरुले लामो समयदेखि माग गर्दै आएको दोहोरो नागरिकता अलपत्र परेको बुझिएको छ । नयाँ बन्ने संविधानमा गैरआवासीय नेपालीहरुलाई नागरिकता दिन शीर्ष दलहरुले चासो नेदखाएपछि अन्योल परेको हो । विदेशमा बस्ने नेपालीलाई आंशिक अधिकारसहितको गैरआवासीय नेपाली नागरिकता दिने निर्णय यसअघि सात दलले सहमति गरेका थिए । उक्त सहमति कार्यानन्वयन नहुने लगभग निश्चित जस्तै भएको छ ।

हात्तीवनमा नागरिकता सहित विवादित पाँच विषयमा गम्भीर छलफल भएको थियो ।  तर गैरआवासीय नेपाली नागरिकताका सम्बन्धमा कुनै छलफल भएको थिएन । सामान्य कुरा उठेको मात्र चर्चा चल्यो । त्यसबारे शीर्ष नेताहरुले कुनै चासो बुझिएको छ  ।
छलफलमा माओवादी अध्यक्ष प्रचण्डले सो विषयमा खासै रुचि नराखेको र नेकपा एमालेका नेताहरुले भने गैरआवासीय नेपाली परिचयपत्र नै उत्तम भएको विचार राखेका थिए । नेपाली कांग्रेसका नेताहरुले भने घुमाउरो पारामा अहिलेको नागरिकतालाई नै निरन्तरता दिए पुग्ने विचार राखेको बुझिएको छ ।
यसबारेमा मधेसे मोर्चाले धारणा भने शीष तीन दलले जे गर्छन् त्यसैमा सद्दर गर्ने रहेको थियो । नागरिकता सम्बन्धी सम्पूर्ण विवादको अन्त्य भएको नेताहरुले दावी गरिरहेको बेला गैरआवासीय नेपालीहरुको नागरिकता सम्बन्धमा नेताहरुले कुनै प्रतिक्रिया दिएका छैनन । हात्तीवन सहमतिपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा केन्दि्रय सदस्य अर्जुननसिह केसीले गैरआवासीय नेपालीहरुको नागरिकताको ग्यारेन्टी नयाँ संविधानमा व्यवस्था गर्न माग गरेका थिए ।

गैरआवासीय नेपालीहरुको नागरिकताको निरन्तरता बारेमा प्रतिकृया दिदै प्रबक्ता डा हेमराज शर्माले भने-
निश्चित अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता दिने राजनैतिक दलहरुले एक पटक सहमती गरेका छन र यसै अनुसार मस्यौदा तयार पारेको हामीलाई जानाकारी भएको छ। त्यसैले दलहरु फेरी परिचयपत्रमा फर्कन चाहेका छन भन्ने कुरा त्यति विश्वासिलो छैन। मस्यौदामा  नेपालको नागरिकता त्याग गरी विदेशको नागरिकता प्राप्त गरेका दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्र भन्दा बाहिरका देशमा वसोवास गरेका नेपाली मुलका व्यक्तीलाई प्रचलित कानून वमोजिम आर्थिक सामजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवसीय नेपाली नागरिकता प्रदान गर्न सकिने भनिएकोछ। तर गैरआवासीय नेपाली संघले विदेशको नागरिकता लिदा नेपालीको नागरिकता नरहने प्रस्तावित व्यवस्था खारेज हुने माग गर्दै आएको छ। प्रस्तावित संविधानमा नागरिकता संवधी प्रावधानबारे कानूनविदसँग भएको परामर्शबाट के निस्कर्ष निक्लेको छ भने नागरिकताको निरन्तरताले संविधानजारी हुनु पूर्व विदेशी नागरिकता लिएका नेपालीहरुको नागरिकताको सुनिश्सचित नहुन सक्ने र दोश्रोपुस्ताका गैरआवासीय नेपालीले वंशजको आधारमा नेपाली नागरिकता सहजरुपमा प्राप्त गर्न नसक्ने नयाँ व्यवस्था भएकोछ । त्यसैले नागरिकता कार्यदलले यस बिषयमा व्यापक छलफलगरी  नगारिकताको निरन्तरताको साथै समान अधिकार सहितको गैरआवासीय नेपाली नागरिकताको लागि पनि पहल गर्ने निर्णय भएको छ डा शर्माले बताए।

प्रस्तावित संविधानमा संविधानजारी हुने बखत नेपालको नागरिकता लिएका ब्यक्तीलाई मात्र नेपाली नागरिकमा परिभाषित गरेकोले नेपाली नागरिकता त्याग गरेका नेपालीहरु नागरिक रहने छैनन। साथै वशंजको आधारमा नागरिकता लिन नयाँ सर्तहरु प्रस्तावित गरिएकोछ जसले गर्दा विदेशमा जन्मेर विदेश मै हुर्केको नेपालीको छोराले सजिलै वशजको आधारमा नागरिकता लिन सजिलो हुने छैन ।

हाल गैरआवासीय नेपाली संघका अध्यक्ष जीवा लामिछाने दोहोरो नागरिकताको मुद्दा टुग्गो लगाउँन काठमाडौंमा छन् ।

No comments:

Post a Comment