Main Option : Watch live cricket,football,FM,T.V and download music

Friday, 22 June 2012

अष्ट्रेलियाका पर्यटक नेपाल भित्रयाउने अभियान सुरु

नेपालमा पर्यटक भित्रयाउने र वैदेशिक लगानी भित्र्याउने उद्देश्यले अष्ट्रेलियास्थित नेपाली दुतावास र महावाणिज्यदुतावासको कार्यलयले यही साता यहाँस्थित सिड्नीमा विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । कार्यक्रममा अष्ट्रेलिया उद्योग बाणिज्य साघ, यहाँका व्यवसायीका साथै यहाँ रहेर नेपालमा पर्यटक भित्र्याइरहेका ट्राभल्स एजेन्सीका व्यक्तिहरुसाग अन्तरक्रियाका साथै अन्य कार्यक्रमहरु पनि गर्ने भएको छ । यहाँस्थित नेपाली दुतावासका राजदुत रुद्र नेपालका अनुसार यहाँका उद्योगी व्यवसायीहरुको लगानी नेपाल मा भित्रयाउने र पर्यटक अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो । जसमा यहाँका उद्योगी व्यवसायीहरुलाई नेपालमा लगानी गर्नका लागि अभिप्रेरित गर्नका साथै उनीलाहरुलाई नेपालको अहिलेको वास्तविक अवस्था समेत चित्रण गराइनेछ । अष्ट्रेलियामा इलेक्ट्रोनिक्स व्यवसायमा नाम कमाएको डिक स्मिथ, अष्ट्रेलिया च्याम्बर अफ कमर्स, अन्य आयात र निर्यात ब्यवसायसीका साथै यहाँ रहेर नेपालको पर्यटक क्षेत्र सम्बन्धी लेख रचना प्रकाशित गरी नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्न सहयोग पुरयाइरहेका विशिष्ठ व्यक्तिहरुलाई समेत कार्यक्रममा निमन्त्रणा गरिने भएको छ । जसका साथै यहाँका व्यवसायी र पर्यटक व्यवसायमा नाम कमाएका व्यवसायीलाई नेपालमा पर्यटक भित्रयाउन हौसला प्रदान गरिनेछ । जसका लागि नेपालको पर्यटन सम्बन्धि ब्रोइसरका साथै अन्य उपयुक्त सामाग्रीहरु उपलब्ध गराइने भएको छ । राजदुत नेपालका अनुसार कार्यक्रमको मुख्य लक्ष्य नेपालमा पर्यटक भित्रयाउनुका साथै नेपालमा बिदेशी लगानीको खोजी गर्नु हो । हाम्रो लक्ष्य भनेको नेपालमा यहाँबाट जतिसक्दो बिदेशी पर्यटकलाई नेपाल भ्रमणमा पठाउनु हो, राजदुत नेपालले इकान्तिपुरसाग भने, 'त्यसका साथै हामी कार्यक्रम मार्फत बिदेशी लगानीकर्तालाई नेपालमा लगानी भित्र्याउन समेत उत्साहित गर्नेछौं ।' अन्तराष्ट्रिय लगानी गर्न सक्यौं भने नेपालमा लगानी अभिवृद्धि गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको महावाणिज्यदुत दिपक खडकाले बताए । हामी प्रवासी भएपनि हाम्रो सानो अभियानले नेपालमा लगानीको वातावरण बन्न सक्छ भन्ने हाम्रो सोच हो, उनले भने,'तर यसका लागी हाम्रो सरकारले पनि यसमा उत्तिकै चासो दिन आवश्यक छ ।' यसपटक महावाणिज्यदुतावास र नेपाली दुतावासले गर्न लागेको कार्यक्रमलाई महत्वपूर्ण रुपमा लिइएको छ । महावाणिज्यदुतावासको कार्यालय र नेपाली दुतावासले सायुक्त रुपमा आयोजना गरिरहेको यो कार्यक्रममा यहाँका पर्यटन व्यवसायी, पर्यटन सम्बन्धी लेखक तथा बिशेषज्ञ र उद्योग व्यवसायी सहभागी हुने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment