Main Option :
Tuesday, 19 June 2012
यु-ट्युबले आतंक र सोसँग सम्बन्धित भिडियोहरु हटाउने
ईन्टरनेट दुनियाको सबै भन्दा ठुलो भिडियो वेबसाईट यु-ट्युबले आतंक र सोसँग सम्बन्धित भिडियोहरु हटाउने भएको छ ।
गूगलका अनुसार यसले आतंकबाद र हिंसालाई प्रोत्साहन दिने तथा आतंकसँग सम्बन्धित रहेका ६४० वटा भिडियो रु हटाइ सकेको छ । सन २०११ को मध्य तिर आतंकबादलाई प्रोत्साहन गर्नका लागि बनाइएका ति भिडियोहरुलाई बेलायती प्रहरी सँगठनको अनुरोधमा हटाइएको जनाइएको छ ।
एक कार्यक्रममा ट्रन्स्परेन्सी रिपोर्टमा गूगल र यु-ट्युबले अन्तराष्ट्रिय समुदाय र निकायको अनुरोधका आधारमा यस्ता भिडियोहरु हटाइएको र हस्तान्तरण गरिएको जनाएको छ । साथै रिपोर्टमा यस्ता प्रकारका भिडियो अपलोड गर्ने ५ वटा खाता समेत बन्द गरिएको छ ।
हालाकी गूगलले सबै अन्तराष्ट्रिय निकायको अनुरोधलाई मानेको भने छैन । गूगलले यस अघि नै क्यानडाका जनताले पासपोर्टमा पिसाब गरेको र टोइलेटमा लगेर बगाएको भिडियो पनि हटाउन गरेको अनुरोध कार्यान्व्यन गरेको छैन । पाकिस्तानका सुचना तथा प्रबिधी मन्त्रीले पकिस्तानका उच्च सुरक्षा अधिकारी र राजनितिक नेताहरु बिच भएको बैचारिक द्वन्दको भिडियो पनि हटाउन दिएको आदेश कार्यन्व्यनमा आनाकानी गरेको छ । गूगलले थाइल्यान्डको राजतन्त्रको अपमानका दृश्य भएका करीब १०४ वटा भिडियोमा भने प्रतिबन्ध लगाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment