Main Option : Watch live cricket,football,FM,T.V and download music

Showing posts with label Canadian immigration new rules. Show all posts
Showing posts with label Canadian immigration new rules. Show all posts

Monday, 20 August 2012

क्यानाडा माइग्रेशनमा आमूल परिवर्तन हुने, भाषा र उमेरमा बढी नम्बर

गत जुन महिनाको अन्त्यदेखि एक्कासी स्थगन हुन पुगको क्यानाडाको Federal Skilled Worker (FSW) Program सन २०१३ मा पुनः खुल्ने सम्भावना भएता पनि पहिलेको तुलनामा छनौट प्रक्रियामा केही परिवर्तन हुने देखिएको छ ।
हिजो क्यानाडाका इम्मिग्रेशन विभागले निकालेको सूचनाअनुसार आगामी जनवरी १ तारिख देखि प्रारम्भ गरिने उक्त FSW Program मा बिशेषगरी अंग्रेजी तथा फ्रेन्च भाषामा बढी नम्बर दिइने (२८ नम्बर), श्रीमती वा श्रीमानको अंग्रेजी भाषाको लागि पनि नम्वर दिइने (५ मार्क) र आवेदन गर्नु अगाडी नै आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रलाई पहिले नै क्यानाडामा equivalency गराउनु पर्ने प्रावधान रहनेछ ।
१०० पूर्णांकमा विभिन्न विधामा दिइने नम्बर परिवर्तन गरिएता पनि पासमार्क भने ६७ नै रहने जनाइएको छ ।
त्यसैगरी यस अगाडी २१ देखि ४९ बर्ष उमेर पुगेका लाई उमेर विधामा १० नम्बर दिइनेमा त्यसलाई परिवर्तन गरी १८ बर्ष देखि ३५ बर्ष उमेर पुगेकालाई १२ नम्बर दिइने जनाइएको छ । जसअनुसार जति बर्ष उमेर बढ्छ त्यति नै नम्बर कम हुँदै जानेछ, जस्तै ३६ बर्षलाई ११ नम्बर, २७ लाई १०, ३८ लाई ९, आदी ।
कामको अनुभवका आधारमा यस अगाडी ४ बर्षको अनुभव प्राप्त गरेकालाई २१ नम्बर दिइने रहेकोमा हाल त्यसलाई घटाएर बढीमा १५ नम्बरमात्र पाउनेछ भने ४ वा ५ बर्षको कामको अनुभव भएकाले १३ नम्बर र ६ बर्ष भन्दा बढीको कामको अनुभव भएकाले मात्र १५ नम्बर पाउनेछन् ।
शैक्षिक योग्यताको हकमा पनि नम्बर दिइने प्रक्रियामा आमूल परिवर्तन भएको छ । जसअनुसार २५ नम्बर पाउनका लागि पी.एचडी. गरेको हुनुपर्छ भने कुनै पनि एउटा बिषयमा माष्टर गरेकाले २३ नम्बर पाउनेछन् ।
तदअनुसार निम्न बिषयहरुमा निम्न प्रकारले अधिकतम नम्बर दिइने जनाइएको छः

१) भाषिक ज्ञान – २८ (अंग्रेजीमा २४, फ्रेन्च ४)
२) उमेर – १२ (१८ देखि ३५ बर्ष मुनिका)
३) कामको अनुभव – १५
४) शैक्षिक योग्यता – २५ (पी.एचडी लाई २५, माष्टर्डलाई २३, २ वटा व्याचलर लाई २२ र एउटा व्याचलर २१)
५) क्यानाडाको Arranged employment – १०
६) Adaptability – १० (पहिले क्यानाडामा काम गरेको, नातेदार क्यानाडामा रहेको, श्रीमात।श्रीमतीको अंग्रेजी भाषाको ज्ञान, आदी)
आगामी २०१३ जनवरी महिना देखि खुल्ने FSW program मा माथि दिइएबमोजिमले छनौट गरिनेसमेत समाचारसूत्रले जनाएको छ ।
यस बारेमा वृस्तीत विवरण पुनः प्रकाशित गरिने छ ।