Main Option : Watch live cricket,football,FM,T.V and download music

Showing posts with label amazing Road in world. Show all posts
Showing posts with label amazing Road in world. Show all posts

Sunday, 25 December 2011

विश्वका सबैभन्दा रोमाञ्चक सडक

विश्वमा केही सडकहरु यस्ता छन् जसमा यात्रा गर्दा प्रकृतिको मज्जा लुट्न पाइन्छ । प्राकृतिक सुन्दरता प्राप्त गर्नेमात्र होइन यी सडकहरुको यात्रा निकै खतरनाक तथा साहसिक समेत मानिन्छ । विश्वका सबैभन्दा बढि रोमाञ्चक तथा खतरनाक दशवटा सडककको नाम यसप्रकार छ ।
१. बोलिभियाको नर्थ युंगास रोड : यसलाई मृत्युको सडक भनेर पनि चिनिन्छ । राजधानी लापाज र कोरिओको क्षेत्र जोड्ने यो सडक ४३ माइल लामो छ । निकै जोखिमपूर्ण पर्वतीय क्षेत्रमा रहेको यो नागबेली सडक देख्दा डरलाग्दो भएपनि सुरक्षाका भरपर्दा उपाय अपनाइएको छ ।
२. अटलान्टा रोड, नर्वे : नर्वेको मोल्डे र क्रिस्टियानसन्ड जोड्ने यो सडक ५ माइल लामो छ । सामुदि्रक छालजस्तो गरी तलमाथि उठाएर बनाइएको यो सडकमा यात्राका क्रममा प्रकृतिको भरपूर मज्जा लुट्न पाइन्छ ।
३.ब्लू रिज, अमेरिका : उत्तरी क्यारोलिनामा रहेको यो सडकको लम्बाइ ४ सय ९६ माइल छ । यसको यात्राका क्रममा पनि प्राकृतिक सुन्दरता अवलोकन गर्न पाइन्छ ।
४. कोलम्बिया जर्ज हाइवे, अमेरिका : यो पनि उत्तरी अमेरिकामा रहेको निकै रोमाञ्चक सडक मानिन्छ ।
५. गुओलियांग टनेल, चीन : यो सडक चिनको ताइहांग पर्वतलाई काटेर बनाइएको छ । निकै कडा चट्टानलाई खोपेर बनाइएको यो सडकलाई निकै खतरनाक पनि मानिन्छ । यो निकै उचाइमा रहेको सडक पनि हो ।
६. अमाल्फी कोस्ट रोड, इटाली : यो विश्वकै सबैभन्दा रोमाञ्चक सडक मानिन्छ । यो सडक समुद्रको किनारै किनार भएर अघि बढेको छ ।
७. थ्री केप्स रुट, अमेरिका : यो सडक अमेरिकाको ओरेगनमा रहेको छ । यो सडकमा यात्राका क्रममा जंगल र समुद्र दुबैको दृश्यावलोकन गर्न सकिन्छ ।
८. ट्रान्सफगारसन रोड, रोमानिया : यो सडकले देशका दुइ उच्च पहाडलाई जोडेको छ । जंगलबीचको यात्रा निकै रोमाञ्चक हुन्छ ।
९. रेड रक सिनिक रोड, अमेरिका : यो अमेरिकाको अरिजोनामा अवस्थित छ । विभिन्न राष्ट्रिय सम्पदाहरुको दृश्यावलोकन गर्न सकिने यो सडक निकै सुन्दर मानिन्छ ।
१०. सेबर्ड हाइवे, अलास्का : १ सय २७ माइल लामो यो सडकले अलास्काको सेबर्ड र एंकोरेजलाई जोडेको छ । हिमसिखर सागै तालहरुको दृश्यावलोकन गर्न पाउनु यहाँको मुख्य रोमाञ्चकता हो ।