Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 2 May 2011

बिन लादेन त मारिए:टाउकोमा गोली लागेको थियो बिन लादेनको

गएराति पाकिस्तानको राजधानी इस्लामावाद नजिकैको अब्बोत्ताबादस्थित घरमा भएको अमेरिकी आक्रमणमा मारिएका ओसामा बिन लादेनको समुद्रमा अन्त्येष्टि गरिसकिएको एक अमेरिकी अधिकारीले सीएनएनलाई बताएका छन्। ती अधिकारीले उनको शवलाई इस्लामिक परम्पराअनुसार अन्त्येष्टि गरिएको बताए पनि थप विवरण भने दिन चाहेनन्- सीएनएनले भनेको छ।


टाउकोमा गोली लागेको थियो बिन लादेनको

ओसामा बिन लादेनको टाउकोमा गोली हानिएको अमेरिकी अधिकारीहरुलाई उद्‍धृत गर्दै सीएनएनले जनाएको छ। बिन लादेनको भनिएको शवको तस्बिर केही पाकिस्तानी मिडियाले सार्वजनिक पनि गरेका छन्। तस्बिरमा उनको टाउकोको बायाँ पट्टी गोली लागेको देखिएको छ।



बिन लादेनको शव बाग्राम बेसमा, पत्रकारहरुलाई हेर्न बोलाइयो

पाकिस्तानमा भएको अमेरिकी आक्रमणमा मारिएका अल कायदा प्रमुख ओसामा बिन लादेनको शवलाई अफगानिस्तानको बाग्राम बेस (अमेरिकी हवाई शिविर) मा लगिएको र शव निरीक्षण गर्न पत्रकारहरुलाई बोलाइएको अल जजिराका काबुलस्थित संवाददाताले बताएका छन्।

खोजेको १० वर्षपछि मारिए ओसामा

अमेरिकाले आतंकवादी संगठन घोषणा गरेको संगठन अलकायदाका 'मास्टरमाइन्ड' बिन लादेनको मृत्यु भएको छ। सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणपछि विश्वभर थालिएको खोजी अभियानको १० वर्ष र आतंकवादविरोधी कारबाहीमा ३ हजार भन्दा बढीको मृत्यु पछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले पाकिस्तानमा गरिएको आक्रमणमा उनको मृत्यु भएको पुष्टि गरेका हुन्। लादेनसँगै थप तीन जना पनि मारिएका छन्। तीमध्ये एक उनका छोरा रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन्। उनीसँगै उनका अन्य परिवार सदस्य समेत मारिएको दावी गरिएको छ।



अधिकारीहरुले उनको शव नियन्त्रणमा लिइसकेका छन्। यो अपरेसनमा कुनै पनि अमेरिकीलाई क्षति नपुगेको बताइएको छ।



बिन लादेन मारिएको खबरसँगै अमेरिकाले विश्‍वभरका अमेरिकी कार्यालयहरुमा उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। अलकायदाका सदस्यहरुले गर्नसक्ने बदलाको आक्रमणलाई ध्यानमा राख्दै यस्तो निर्देशन दिइएको हो।



ओसामा मारिएः ओबामा

ओसामा बिन लादेन मारिएको समाचार स्रोतलाई उद्‍धृत गर्दै अमेरिकी लगायत अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले दिएको केही समयमा नै अमेरिकी राष्ट्रपति बाराक ओबामा राष्ट्रका नाममा सम्बोधन गर्द राति अबेर टेलिभिजनमा देखिए। 'म आज अमेरिकी जनता र विश्वलाई यो बताउन चाहन्छु कि.., ओसामा बिन लादेन मारिए', उनले घोषणा गरे, 'आज मेरो निर्देशनमा बिन लादेनविरुद्ध अमेरिकी सेनाले आक्रमण गरेको हो। भिडन्तपछि उनीहरुले ओसामालाई मारे र उनको शवलाई नियन्त्रणमा लिए।' घोषणासँगै राति अबेरसम्म पनि ह्वाइट हाउसअगाडि अमेरिकी झण्डा बोकेर खुसियाली मनाउनेहरुको भीड लागेको छ। ९ मिनेट २८ सेकेन्ड लामो उनको सम्बोधन यस्तो थियो-



No comments:

Post a Comment