Main Option : Watch live cricket,football,FM,T.V and download music

Thursday 11 July 2013

एप्पलको आइफोन ५ सबैभन्दा बढि आलोचना खप्ने स्मार्टफोन, ग्यालेक्सी एस ४ धेरैको प्यारो

एप्पलको आइफोन ५ सबैभन्दा बढि आलोचना खप्ने स्मार्टफोन बनेको छ । एक नयाँ अध्ययनले सामाजिक संजालमा व्यक्त गरिएका टिप्पणीहरु मध्ये सबैभन्दा बढि टिप्पणी आइफोनकै आलोचनाका लागि खर्च गरिएका छन् ।
 
अध्ययन अनुसार स्मार्टफोनको बारेमा प्रयोगकर्ताहरुले सामाजिक संजालमा व्यक्त गर्ने आलोचना मध्ये हरेक ५ मा एक आलोचना आइफोन ५ प्रति नै लक्षित छन् । खासगरी आइफोन ५ को सेटमा प्रयोग गरिएको नयाँ पावर सकेट, एप्पल म्यापको गलत संकेत तथा पुरानो मोडलमा खासै सुधार गर्न नसकेको विषयमा प्रयोगकर्ताले कडा टिप्पणी गर्ने गरेका छन् ।
 
आइफोन ५ ले गाली बटुलिरहँदा सामसुङको ग्यालेक्सी एस फोर भने सबैभन्दा कम आलोचना बेहोर्ने र धेरैले मन पार्ने स्मार्टफोनको रुपमा दरिएको छ । स्मार्टफोनको बारेमा सामाजिक संजालमा गरिने आलोचना मध्ये केवल सयमा ११ वटा टिप्पणी ग्यालेक्सी प्रति लक्षित छन् ।
 
वि आर सोसिएल नामक एक फोरमले गरेको अध्ययनले आइफोन ५, ग्यालेक्सी एस ४ सँगै ब्लाकबेरी जेड टेन र नोकिया लुमिना ९२० का विषयमा प्रयोगकर्ताले टि्वटर तथा ब्लग लगायतमा व्यक्त गरेका टिप्पणीको सर्भेक्षण गरेको थियो । यी हरेक स्मार्टफोन लञ्च हुने दिनमा व्यक्ति गरिएका टिप्पणीको सारसंक्षेप यस्तो थियो :
आइफोन ५ - तारिफ गर्ने ४२ प्रतिशत, आलोचना गर्ने २० प्रतिशत
ब्लाकबेरी जेड १०- तारिफ गर्ने ४१ प्रतिशत, आलोचना गर्ने १८ प्रतिशत
लुमिना ९२०- तारिफ गर्ने ४१ प्रतिशत, आलोचना गर्ने १५ प्रतिशत
ग्यालेक्सी एस फोर - तारिफ गर्ने २० प्रतिशत, आलोचना गर्ने ११ प्रतिशत

No comments:

Post a Comment