Main Option : Watch live cricket,football,FM,T.V and download music

Thursday 5 May 2011

पतिले ऋण तिर्नका लागि श्रीमतीको दुवै मिर्गौला बेच्न उनलाई दिल्ली


दुई श्रीमतीका साथ एक महिनाअघि २७ वर्षे हेमराज अवस्थी नयाँ दिल्लीको पहाडगन्ज पुगेका थिए। उनका साथ पहिलो श्रीमती कल्पनाको डेढ वर्षे छोरो पनि थियो। अवस्थीले चार वर्षअघि डोटी महादेवस्थान २ की कल्पनासँग पहिलो विवाह गरेका थिए। त्यसको नौ महिनापछि काठमाडौंतर्फ लागेका अवस्थीको काठमाडौंमा रीतु भुसालको भेट भएको थियो। दुवैले सात महिनाअघि विवाह गरे पनि त्यसलाई गोप्य राखेका थिए।

प्रारम्भमा उनले कल्पनालाई काठमाडौंमा ल्याएर मिर्गौला बेची केही रकम लिने षड्यन्त्र गरेका थिए। पहिलो प्रयास असफल भएपछि उनीहरुले कल्पनालाई नयाँ दिल्ली पुर्‍याका हुन्। तर यो प्रयास पछि कल्पनाले मंगलबार नेपाली सामाजिक कार्यकर्ताले सञ्चालन गरेको एउटा स्थानीय गैरसरकारी संस्थासँग सम्पर्क गरेपछि असफल भएको थियो। सो संस्थाले कल्पनाको तत्कालै उद्धार गरेको थियो।

'बुबा गाउँका सम्मानित पुरेत भए पनि परिवार ऋणमा थियो,' नागरिकसँग अवस्थीले भने, 'सुरुमा रकमका लागि आफ्नै मिर्गौला बेच्न चाहन्थे।' उनले ऋण ५ देखि ७ लाखसम्म भएको बताए। उनीले ती रकम रीतुबाट लिएका थिए।

अवस्थी नाम चलेका दोहोरी गायक हुन। उनको दुइटा एल्बम बजारमा छन्। उनले आफू नेपाली कांग्रेसका नेता शेरबहादुर देउवानजिकका कार्यकर्ता भएको दाबी गरेका छन्। उनले भने, 'सभासद् गगन थापासँग पनि मेरो निकट सम्बन्ध छ।'

कल्पना आफूलाई धोका भएको र दुवैले आफ्नो सोझोपनको फाइदा उठाएको बताइन्। रुँदै उनले नागरिकसँग भनिन्, 'मिर्गौला हटाउनुको अर्थ मलाई थाहा थिएन तर रीतुले कुरा सामान्य हो भने पनि मैले ठीकै छ भनेको थिएँ।'

कल्पनाले अवस्थी र रीतुले उनीहरूको सम्बन्धबारे आफूसँग झुठो बोलेको बताइन्। रीतुले कल्पनालाई पहाडगन्जस्थित आफ्नै घरमा राखेकी थिइन्। उनलाई बाहिर जान दिने गरेकी थिइनन्। कल्पनाले भनिन्, 'म तत्कालै घर जान चाहन्थेँ, तर मसँग छोरालाई खुवाउने पैसासमेत थिएन । म सौतालाई पनि स्विकार्न तयार थिएँ।'

कल्पनाले आफूलाई उनका श्रीमानविरुद्ध दुइटा अपराधको अभियोग मिर्गौला बेच्न खोजेको र दोस्रो बिहे गरेको लगाउन सकिने बताइन्। तर उनले 'परिवारको सम्मानका लागि' त्यस्तो गर्न नचाहेको बताइन्।

अवस्थी र रीतुबीच सोमबार राति झगडा भएपछि उनीहरूले घर छाड्नुपरेको थियो। नाबालक छोरासँग एक रात आनन्द बिहारमा बस स्टेसनमा बिताएपछि कल्पनाले मिसनका कार्यालयसँग सहयोग मागेकी थिइन्। उनको उद्धार मंगलबार अबेर गरिएको थियो।

कपिलवस्तु वाहरपुरकी रीतुको पाँच महिने गर्भ छ। बहराइनको डिपार्टमेन्टल स्टोरमा चार वर्ष काम गर्नुअघि रीतुले कुवेतमा घरेलु कामदारको रूपमा काम गरेकी थिइन्। एक वर्षअघि काठमाडौं फर्केपछि उनले सेक्युरिटी एजेन्सी जिसिएसतर्फबाट नारायणहिटीमा सुरक्षागार्डको रूपमा काम पाएकी थिइन्। तर अवस्थीसँग बिहे गरेपछि उनले सो काम छाडिन्।

तर अवस्थीले रीतुलाई मध्यपूर्वमा काममा पठाउने म्यानपावर कम्पनीका मालिकले नै मिर्गौला बेच्ने तरिका सिकाएको हुनसक्ने आरोप लगाएका छन्।

'ब्लु स्काइका देवराज दाहाल वा उनका भाइ नेपाल ट्रस्ट म्यानपावरका मालिकले यस्तो गर्न रीतुलाई सिकाएको हुनुपर्छ,' उनले भने।

रितुले सो आरोपलाई अस्वीकार गरेकी छिन्। तर उनलाई यस्तो गर्न कसले सिकायो भनेर पनि स्पष्ट पारिनन्।

कल्पनाको उद्दार गर्ने हेल्प नेपाल मिसनले नेपाली दुतावाससँग मिलेर तीनै जनालाई नेपाल फर्काउन चाहेको बताएको छ। 'हामी कल्पनालाई कुनै शारीरिक वा मानसिक यातना दिने छैनन् भन्ने सुनिश्चित गर्न चाहन्छौं,' मिसनका संयोजक कवि कार्कीले भने, 'हामी दूतावासको सहयोग लिने कोशिसमा छौं।'

कार्कीले मिसनमा पहिलोपटक यस्तो घटना आएको बताए।

'यस घटनाले कति नेपाली मिर्गौला बेच्न भारत आउँछन् भन्ने प्रश्न उठाएको छ,' उनले भने।

No comments:

Post a Comment