Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 6 June 2011

सिड्नीमा नेपाली कविता महोत्सब

ऋषि आचार्य, सिड्नी, जेठ २३ - यो वर्ष त यसै वित्यो विना नीति, विना नियम
आउने साल केही होला की त्यो साललाई सम्झी हेरौं...
गजलकार सुरजदेवले मञ्चमा माथिको गजल सुनाईरहदाँ उपस्थित दर्शक वा वा... र तालीले साथ दिइरहेका थिए। अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) न्यू साउथ वेल्स च्याप्टरले सिड्नीमा पहिलो पटक आयोजनाले गरेको कविता महोत्सवमा गजल, कविता र मुक्तक गरेर झण्डै पाँच दर्जन सृजनाहरु बाचन गरिएको थियो।
उक्त कार्यक्रममा कवियत्री सुधाकिरण कडेंल सापकोटाको "मलाई मृत्यु उपहार देउ" शिर्षकको कवितालाई उत्कृष्ट घोषणा गरिएको थियो। अनेसासले अष्ट्रेलियाका आठवटै राज्यहरुबाट कविताहरु संकलन गरेर पहिलोपटका यस्तो कार्यक्रमको आयोजना गरिएको थियो। प्रतियोगिताबाट उत्कृष्ट ठहरिएको कविता अनेसासले आयोजना गर्ने विश्व वेभक्याम्प कविता सम्मेलनमा सहभागी गराइने छ।
उक्त कविता महोत्सवमा नेपालप्रतिको चिन्ता, प्रवासको संर्घषपूर्ण जीवन, प्रकृति, मायाप्रेम जस्ता विषयहरुमा कवि तथा सर्जकहरुले रचना पाठ गरेका थिए। अनेसासका महासचिव र सचिव क्रमशः सानु घिमिरे र प्रदिप चापागाँईले संचालन गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै न्यू साउथ वेल्सका लागि नेपाली वाणिज्यदूत दिपक खड्काले प्रवासमा साहित्य सृजनाले नेपाली साहित्यको प्रचारप्रसार र भण्डार भर्नमा मद्दत पुर्‍याउने विचार राखेका थिए। यस्तै एन आर एन आई सि सि सल्लाहकार इन्द्रा वनले अधिकांश सर्जकहरुले नेपाली समाज, राजनीति र गरिबीलाई विषयवस्तु बनाएको भन्दै विकास र परिवर्तनका लागि पनि कलम चलाउन आग्रह गरिन्। यस्तै आदिवासी जनजाति मञ्च अष्ट्रेलियाका अध्यक्ष गणेश तामाङले साहित्य बन्दुक र खुकुरीभन्दा पनि शक्तिशाली हुने भन्दै राष्ट्रिय भाषाहरुको साहित्यलाई पनि प्राथमिकता दिन आग्रह गरे। तामाङ र शेर्पा भाषाको कविता समेत वाचन गरेको उक्त कार्यक्रममा अनेसास अष्ट्रेलिया संयोजक दिपक विष्टले संस्थाको उद्देश्य र अष्ट्रेलियामा यसको भूमिकाको बारेमा प्रकाश परेका थिए। कार्यक्रम भवानी ओली, प्रेम सापकोटा, रामजी विष्ट, जानकी पौडेल, सुमित्रा विष्ट, रञ्जु थापा, सुरेन्द्र दवाडी, अर्जुनमणि पौडेल, देव पाठक, संविज पाण्डे, निर्षप्रभ सजि, कुमार गिरी, सुजित सिग्देल, ज्वाला विष्ट लगायतले कविता वाचन गरेका थिए।
तेस्रो देश स्थानान्तरण अन्तर्गत अष्ट्रेलिया आएका भूटानी समुदायको समेत कार्यक्रममा उपस्थिति रहेको थियो। यसैबीच अनेसास न्यू साउथ वेल्स च्याप्टरले मोति जयन्तीको अवसरमा अष्ट्रेलिया व्यापी गजल प्रतियोगिता गर्ने भएको छ।

No comments:

Post a Comment