Main Option : Watch live cricket,football,FM,T.V and download music

Tuesday 1 November 2011

अख्तरसँग तेन्दुलकर त्रसित

मुम्बई/ पाकिस्तानका पूर्व तेजबलर सोएब अख्तरले आप\mनो आत्मवृत्तान्तमा सचिन तेन्दुलकर सधैँ आपनो बलिङबाट त्रसित रहने खुलासा गरेपछि उनले निकै आलोचनाको सामना गरिरहनुपरिरहेको छ । अख्तरको भनाइको सर्वत्र आलोचना हुन थाले पनि स्वयं तेन्दुलकरले भने अख्तर डरलाग्दा बलर भएको भनाइ सार्वजनिक गरेका छन् ।

'इमानदार भएर भन्ने हो भने सोएबसँग उनको करियरको सुरुवाती केही वर्षमा म डराउँदिन थिएँ । त्यसवेला उनी करियरको उचाइमा पनि थिए । तर, पाकिस्तनाी क्रिकेट बोर्ड -पिसिबी) ले उनको बलिङमा सुधार गर्न उनको उपचार गराएको भन्ने कुरा पढेपछि भने म उनीसँग डराउन थालेको थिएँ । उनी बलिङ गर्ने तयारीमा जब बललाई टाउजरमा रगड्थे अनि दौडिन थाल्थे मलाई फरक महसुस हुन्थ्यो,' तेन्दुलकरले भने, 'उनको बलिङ एक्सनका क्लिप हेर्दा त झनै डर लाग्थ्यो ।'

तर, तेन्दुलकरकै भनाइसँग अर्का पाकिस्तानी पूर्व तेजबलर वसिम अक्रम सहमत छैनन् । 'विपक्षी ब्याट्सम्यानका रूपमा तेन्दुलकरलाई बलिङ गर्ने बलरहरू नै सधैँ त्रसित रहन्छन् । अख्तर पनि कम प्रतिभाशाी बलर होइनन् । उनी सधैँ बल रगडेपछि सफा गर्न अन्य फिल्डरलाई दिन्थे । त्यसैले म र वकार युनिस उनको क्रियाकलाप मन पराउँदैन थियौँ,' अक्रमले भने ।

'क्रिकेटको भगवान्' मानिने तेन्दुलकर कहिल्यै पनि अख्तरको बलमा भयभीत नभएको दाबी गर्दै अक्रम भन्छन्, 'सचिन जस्ता महान् ब्याट्सम्यान कुनै पनि बलरसँग भयभीत हुन्छन् जस्तो मलाई लाग्दैन । मलाई लाग्छ अख्तरले पुस्तकको बिक्री बढाउन जे पायो त्यही लेखेका हुन् । यसले सचिनलाई पनि केही फरक पार्छ जस्तो मलाई लाग्दैन ।'

साथै अक्रमले आफ्नो करियर समाप्त पारेको भन्ने अख्तरको भनाइलाई समेत उनले अस्वीकार गरेका छन् । साथै उनले आप\mनै खराब आचरणका कारण अख्तरको करियर धराशयी भएको दाबी गरे । आइसिसीका प्राविधिक कमिटीमा समेत रहेका सुनिल गावस्करले अख्तरले बल बिगार्ने गरेको खुलासा पनि गरेका थिए । 'एक सय ५० माइल प्रतिघन्टाको गतिमा योर्कर फाल्न कठिन नै हुन्छ, तर अख्तर त्यसमा माहिर थिए, तर उनले जसरी टाउजरमा बल रगड्थे त्यो भने साह्रै अभद्र किसिमको हुन्थ्यो,' गावस्करले भने ।

रावपिन्डी एक्सप्रेसको बलमा सहज किसिमले खेल्ने ब्याट्सम्यानमध्ये राहुल द्रविड पनि एक हुन् । उनी अख्तरको हरेक बललाई सूक्ष्म रूपमा पढ्न सक्थे । अख्तरले आत्मवृत्तान्तमा द्रविडको पनि प्रशंसा गरेका छन् ।

No comments:

Post a Comment