Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 5 November 2011

अस्ट्रेलियामा भब्य दशैं मेला

सदा झै यस वर्ष पनि गोर्खा नेप्लिज कम्युनिटी , सिड्नी पिटरशाम स्थित पिटरशाम टाउन हलमा दशैं तिहार मेला सम्पन्न गरेको छ । कार्यक्रममा परम्परागत शैलिका नाच ,सेल रोटी ,चिउरा लगायतका खानाका परिकार , बिङ्गो , क्यारम बोर्ड खेल , नाच , गीत संगीत लगायतका प्रस्तुतिहरू मुख्य आकर्षण रहेका थिए। नेपालीहरूको उत्साहजनक उपस्थिती यस कार्यक्रमको सफलता भएको आयोजकहरूले बताए। उनिहरु भन्दै थिए "१० डलर प्रवेश शुल्कले आमन्त्रित हरुलाई कुनै वाधा परेन बरु सबैले सहयोग र आदरका साथ कार्यक्रमलाई हेरेका थिए। सो कार्यक्रममा सिड्नी स्थित बिभिन्न नेपाली सघ-सस्थाका प्रतिनिधिहरु,सन्चारकर्मि,केहि गैर नेपालिहरू र उलेख्य मात्रामा नेपाली समुदायको उपस्थिती थियो ।


जिएनसी ले आयोजना गरेको यो कार्यक्रम् विगतको भन्दा उपस्थिती र प्रस्तुतीले थप आकर्षक रहेको सहभागी मध्येका राम सिटौला बताउँछन्। विदेशमा हुने यस्ता नेपाली पहिचानमा गैर नेपालिहरूलाई पनि सहभागि गराउन सकिए नेपाल प्रचारमा ठुलो सघाउ पुग्न सक्ने पर्यवेक्षक हरूको सुझाव रहेको छ।

No comments:

Post a Comment