Main Option : Watch live cricket,football,FM,T.V and download music

Monday 14 November 2011

ग्रीनल्याण्ड र गोल्डेनपीकलाई उपाधि

छैटौं क्विक्स ग्रीनल्याण्ड वास्केटवल प्रतियोगीताको जुनियरतर्फ आयोजक ग्रीनल्याण्ड र सिनियरतर्फ गोल्डेनपीकले जितेका छन् ।

जुनियरतर्फ ग्रीनल्याण्डले भ्यालीपब्लिक स्कुललाई १९-१४ को झिनो अन्तरले पराजित गर्यो । ग्रीन्ल्याण्डको जितको मुख्य आधार दोस्रो क्वार्टर रहयो । पहिलो क्वार्टरमा २-२ को बराबरी खेल्यो भने दोस्रो क्वार्टरमा ६-० ले अग्रता लियो । तेस्रोमा ३-४ ले पछि परेपनि चौथोमा ८-८ को बराबरी खेलेको थियो । ग्रीनल्याण्डको जितमा विश्वास राना र सुवास राईले समान ७-७ अंकको योगदान दिएका थिए । जुनियरमा आवरनेस ईन्टरनेशनल ऐकेडेमी तेस्रो भयो ।

धापासी स्थित ग्रीनल्याण्ड स्कुलको आयोजनामा संचालन भएको प्रतियोगिताको सिनियर तर्फको खेलमा गोल्डेनपिकले भ्याली पब्लिकलाई ६४-५५ ले स्तब्ध पार्यो । पहिलो क्वार्टर ११-९, दोस्रो १८-०८, तेस्रो १४-२० र चौथो २१ -१८ ले नतिजा आफ्नो पक्षमा पारेको थियो । विजेता टिमका लागि राकेश श्रेष्ठले महत्वपूर्ण ३० अंकको योगदान दिएका थिए । सिनियरमा ग्रीनल्याण्ड तेश्रो भइन । जुनियरतर्फ ग्रीनल्याण्डका विश्वास राना सिनियारतर्फ गोल्डेनपिकका अनिष मगर एमभिपि चुनिए ।

ग्रीनल्याण्डाका अलोक लमसाल र विवेक के.सी क्रमश जुनियर र सिनियरका बेष्ट थ्री पोइण्टरको उपाधि पाए । प्रतियोगिता भरि नै सबैभन्दा बढि स्कोर गर्न सफल भ्पालि पब्लिक खेलाडीहरु चुनिए । जुनियरमा सुमित राई र सिनियरमा निमा शेर्पाले उच्चतम स्कोर गरेका थिए ।

No comments:

Post a Comment