Main Option : Watch live cricket,football,FM,T.V and download music

Wednesday 28 December 2011

मेसिन रिडेबल पासपोर्ट एमआरपी पनि नक्कली

अन्तर्राष्ट्रिय नागरिक उड्ययन प्राधिकरण (आईकाओ)ले उड्ययनको व्यवस्थापनालाई चुस्त बनाउन तथा सुरक्षित बनाउन केही वर्ष पहिलेदेखि मेसिन रिडेबल पासपोट (एमआरपी)को प्रावधान सुरु गर्‍यो। विश्वभर विश्वासिलो परिचय मानिने मेसिन रिडेबल पासपोर्ट एमआरपी पनि नक्कली बन्न थालेको छ। कुवेतस्थित नेपाली दूतावासले शंकास्पद दुई एमआरपीको फोटोकपी फेला परेपछि त्यस्तो यथार्थ बाहिर आएको हो।
शंकास्पद नक्कली एमआरपीमा कास्कीकी अञ्जु न्यौपाले नम्बर ०७४६७१०० र बाराकी महिमा देवान नम्बर ०५४७६१९१ को नाम रहेको छ। परराष्ट्रको राहदानी कार्यालयका एक अधिकारीका अनुसार महिमा देवानको नाममा फेला परेको पासपोर्टको कारबोर्डर मितिमा मोहम्मद नामका अर्कै व्यक्तिको पासपोर्ट जारी भइसकेको छ। अञ्जु न्यौपानेको नाममा लेखिएको पासपोर्ट नम्बर सात लाखबाट सुरू भएको र यो संख्यामा परराष्ट्रले पासपोर्ट जारी नगरेको ती अधिकारीले बताए।

फेरि राहदानीका लागि दुवै कान देखिएको फोटो हुनुपर्नेमा अन्जु र महिमा दुवैको दुवै कान छोपिएको छ। परराष्ट्रका कानुनसचिव दुर्गा भट्टराईले नक्कली एमआरपीको जानकारी आफैँमा नौलो र अनुसन्धानको विषय भएको बताए।

No comments:

Post a Comment