Main Option : Watch live cricket,football,FM,T.V and download music

Sunday 8 January 2012

न्युजिल्यान्डमा बेलुन दुर्घटना, ११ को मृत्यु

       न्युजिल्यान्डमा तातो हावाबाट चल्ने एउटा वेलुन -हट एयर वेलुन) विस्फोट भई भुइँमा झर्दा उक्त वेलुनमा रहेका ११ व्यक्तिको मृत्यु भएको बताइएको छ र उक्त बेलुन विद्युतको तारमा ठक्कर खाँदा उक्त दुर्घटना भएको देखिएको छ ।
उक्त वेलुन राजधानी वेलिङटनबाट उत्तरमा पर्ने सानो नगर कार्टेरटनमा झरेको हो र उक्त नगर वेलुन उडानका लागि निकै लोकपि्रय मानिन्छ । न्युजिल्यान्डको उड्डयन इतिहासमा गत ३० वर्षमा यो सबैभन्दा नराम्रो हवाई दुर्घटना हो ।
उक्त वेलुनमा आगलागी भएपछि खेतमा खसेको र वेलुन चालक तथा त्यसमा रहेका १० व्यक्तिको मृत्युभएको वेलिङटन जिल्ला प्रहरी कमान्डर माइक रुस्बाचले बताउनुभयो ।
प्रत्यक्षदर्शी डेभिड म्याकिनलेले उक्त बेलुनमा अकस्मात १० मिटर लामो ज्वाला देखापरेको बताउनुभयो । म्याकिन्लेले नै आपत्कालीन सेवालाई सतर्क बनाउनुभएको हो र उहाँले उक्त वेलुन जमिनमा झर्नुअगाडि जमिनबाट १५० मिटरमाथि आकाशमा रहेको बताउनुभयो ।
अर्का प्रत्यक्षदर्शीले उक्त वेलुन विद्युत्को तारमा परेको उल्लेख गर्नुभयो । दुई यात्रु उक्त वेलुनबाट उछिट्टएिको र उनीहरूको शवनजिकै खेतमा फेला परेको बताइएको छ । उक्त क्षेत्रमा बिदा मनाइरहेकी एक नर्सले आफू घटनास्थलमा पुग्दा मृतकका वरपर विद्युत्को तार देखिएका बताइन् ।
पत्रकारहरूले दुर्घटनास्थललाई नियन्त्रणमा लिइएको र त्यहाँ आपत्कालीन कर्मचारी तथा मृतकका परिवारलाई मात्र प्रवेश गर्न दिइएको बताएका छन् । उक्त वेलुनका मालिक बलुनिङ न्युजिल्यान्ड रहेको बताइएको छ । एएफपी

No comments:

Post a Comment