Main Option : Watch live cricket,football,FM,T.V and download music

Sunday 8 January 2012

विश्वका दश धनी देशहरु


कतार
कुल ग्राहर्स्थ उत्पादनको आधारमा विश्वको सबैभन्दा धनी देशको सूचीको पहिलो स्थानमा कतार पर्दछ। मुलतः पेट्रोलियम पदार्थको उत्पादन तथा रिफाइनिङ कतारको प्रमुख उद्योग हो। झण्डै साढे स्रोह्र लाखको हाराहारीमा जनसंख्या भएको मुलुक कतारको प्रतिव्यक्ति आम्दानी ९१ हजार ३ सय ७९ अमेरिकी डलर रहेको छ। कतारले सन् २०२२ को फिफा वर्ल्ड कफ आयोजना गर्दैछ।

लक्जेम्बर्ग
युरोपको एउटा सानो मुलुक लम्जेम्बर्ग धनी मुलुकको सूचीमा दोस्रो स्थानमा परेको छ। ५ लाखको हाराहारीको मात्र जनसंख्या भएको लक्जेम्बर्गमा तीन भाषीको बसोबास रहेको छ। लक्जेम्बर्गको प्रतिव्यक्ति आम्दानी ८९ हजार ५ सय ६२ अमेरिकी डलर रहेको छ।

युनाइटेड अरब इमिरेट्स (युएई)
युएई विश्वको तेस्रो धनी देश हो। युएईमा रहेको द दुबइ मल विश्वकै सबभन्दा ठूलो सपिङ मल हो। देशको मुख्य उद्योगहरुमा पेट्रोलियम, आल्मुनिएम तथा सिमेन्ट उद्योगको योगदान प्रमुख छ। ८२ लाखको हाराहारीमा जनसंख्या रहेको युएईको प्रतिव्यक्ति आम्दानी ५७ हजार ७ सय ४४ अमेरिकी डलर रहेको छ।

नर्वे
नर्वेको जनसंख्या ५० लाखको हाराहारीमा छ। पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास तथा बस्तु प्रशोधन उद्योग नर्वेको अर्थतन्त्रमा योगदान गर्ने मुख्य उद्योग हो। नर्वेको प्रतिव्यक्ति आम्दानी ५६ हजार ९ सय २० डलर रहेको छ।

सिंगापुर
आर्थिक विकासको एउटा उदाहरणीय देश सिंगापुरको जनसंख्या ५ लाखको हाराहारीमा रहेको छ। सिंगापुर ६३ टापुहरु मिलेर बनेको सुन्दर देश पनि हो। विद्युतीय सामग्री, रसायन, आर्थिक सेवा र सूचना प्रविधि अर्थतन्त्रमा प्रमुख योगदान गर्ने उद्योगहरु हुन्। सिंगापुरको प्रतिव्यक्ति आम्दानी ५६ हजार ७ सय ९७ अमेरिकी डलर रहेको छ।

अमेरिका
विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका कुल ग्राहस्थ उत्पादनमा आधारित प्रतिव्यक्ति आम्दानीको आधारमा भने छैठौं धनी मुलुकमा पर्दछ। ३१ करोडको ठूलो जनसंख्या भएको मुलुक अमेरिकाको प्रतिव्यक्ति आम्दानी ४७ हजार ८४ डलर रहेको छ। पेट्रोलियम, स्टिल तथा सवारी साधन सम्बन्धी उद्योग अमेरिकी अर्थतन्त्रका प्रमुख मेरुदण्ड हुन्।

स्विट्जरल्याड
लगानीको लागि उपयुक्त मुलुकको रुपमा समेत परिचित सुन्दर मुलुक स्विट्जरल्याड विश्वका धनी मुलुकको सूचीमा सातौं स्थानमा पर्दछ। भौगोलिक तथा प्राकृतिक सुन्दरताकालागि विश्वमा नै परिचित स्विट्जरल्याण्डको प्रमुख उद्योगहरुमा पर्यटन, मेशिनरी तथा रसायन आदि हुन्। ७८ लाखको हाराहारीमा जनसंख्या रहेको स्विट्जरल्याण्डको प्रतिव्यक्ति आम्दानी ४६ हजार ४ सय २४ अमेरिकी डलर रहेको छ।

नेदरल्याण्ड
धनी मुलुकको सूचीमा आठौं स्थानमा पर्ने मुलुक नेदरल्याण्ड हो। सबैभन्दा कम बेरोजगारी दर रहेको मुलुकको रुपमा समेत नेदरल्याण्ड पर्दछ। कृषि, धातु तथा इन्जिनियरिङ उत्पादन नेदरल्याण्डको अर्थतन्त्रका प्रमुख मेरुदण्ड हुन्। नेदरल्याण्डको प्रतिव्यक्ति आम्दानी ४२ हजार ४ सय ४७ अमेरिकी डलर रहेको छ।

आयरल्याण्ड
विश्वका धनी मुलुकको सूचीमा आयरल्याण्ड नवौं स्थानमा पर्दछ। आफ्नो स्वतन्त्रताकोलागि लामो रक्तपातयुक्त युद्ध लडेको मुलुक आयरल्याण्डको जनसंख्या झण्डै ४५ लाखको हाराहारीमा छ। मुलुकको अर्थतन्त्रको लागि विशेषतः धातु, खाद्य र लत्ताकपडा जस्ता उद्योगहरुको मुख्य योगदान छ। आयरल्याण्डको प्रतिव्यक्ति आय ३९ हजार ९ सय ९९ अमेरिकी डलर छ।

अष्ट्रिया
धनी मुलुकको सूचीको दशौं स्थानमा रहेको अष्ट्रियाको मुख्य जनसंख्या ८४ लाखको हाराहारीमा छ। निर्माण, खाद्य तथा धातुजन्य उद्योगले यो मुलुकको अर्थतन्त्रमा खास योगदान गर्दछन्। अष्ट्रियाको प्रतिव्यक्ति आम्दानी ३९ हजार ७ सय ११ अमेरिकी डलर छ।

No comments:

Post a Comment