Main Option : Watch live cricket,football,FM,T.V and download music

Saturday 17 March 2012

एनआरएन क्षेत्रीय सम्मेलन सिड्नीमा

गैर आवासीय नेपाली संघको क्षेत्रीय सम्मेलन अस्ट्रेलियाको सिड्नीमा हुने भएको छ। संघको ओसिनिया क्षेत्रीय संयोजक मन केसीका अनुसार आगामी अगस्टको ३०, ३१ र सेप्टेम्बरको १ मा गरी तीन दिन सम्मेलन चल्ने छ। संघको अन्तराष्ट्रिय समन्वय परिदषको बैठकले सिड्नीमा सातौं क्षेत्रीय सम्मेलन गर्ने र त्यो सम्मेलन ज्ञान, सीप र प्रविधि हस्तान्तरण विषयमा केन्द्रित रहने निर्णय गरेको केसीले नागरिकन्युजलाई बताए। सम्मेलनमा एनआरएनको संजाल रहेको विश्वका ५९ देशका ६ सय प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ। सम्मेलनमा उठाइने मुद्दाहरु, कर्यपत्र तयारी, व्यवस्थापन, प्रचारप्रसार लगायतका विषयमा विभिन्न उप समितिहरु बनाइने केसीले बताए। संघको छैठौं सम्मलेन गएको वर्ष रसियको मस्कोमा भएको थियो। यो सम्मेलनमा सामूहिक लगानीको मुद्दा उठेको थियो। यसैबीच एनआरएन अस्ट्रेलियाले प्रत्येक २-२ वर्षमा गर्दै आएको नेपाल फेस्टिभल सेप्टेम्बर २ का दिन सिड्नीको डार्लिङ हावर्डमा रहेको तमलङ पार्कमा हुने भएको छ। एनआरएनको क्षेत्रीय सम्मेलनमा आएका अन्य देशका प्रतिनिधिलाई पनि सहभागी गराउने उद्देश्यले भोलिपल्ट नेपाल फेस्टिवल राखिएको आयोजकले बताएका छन्। नेपाल फेष्टिभल अस्ट्रेलियामा नेपालीहरुद्धारा आयोजना गरिने ठूलो महोत्सव हो। यो महोत्सवमा गत वर्ष १५ हजारभन्दा बढी सहभागी थिए। गत वर्ष यो फेस्टिवल मेलवर्न र वि्रसवेनमा समेत आयोजना गरिएको थियो।

No comments:

Post a Comment